Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चितवनका पत्रकार भूपराज पाठकको निधन

चितवनका पत्रकार भूपराज पाठकको निधन

images

इच्छाकामना न्युज

७, फाल्गुण २०८१
चितवनका पत्रकार भूपराज पाठकको निधन
images

चितवन । चितवनका पत्रकार भूपराज पाठकको निधन भएको छ । ब्लड क्यान्सर र क्षयरोगबाट पीडित पत्रकार पाठकको आज बिहान उपचारको क्रममा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्रममा निधन भएको हो ।

माडी–४, सिम्रहनी निवासी पाठकलाई २१ मंसिरमा काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालले ब्लड क्यान्सर भएको पुष्टि गरेको थियो । त्यसलगत्तै थप उपचारका लागि भारतको राजीव गान्धी अस्पताल लगिएको थियो । थप सुधार नभएपछि उनी भरतपुरकै क्यान्सर अस्पतालमा उपचारत थिए ।

उनको उपचारको लागि सार्वजनिक रुपमा आर्थिक सहयोग संकलनसमेत गरिएको थियो । नेपाल पत्रकार महासंघ चितवन जिल्ला कार्यसमिति सदस्य, नेत्रहीन युवा संघ चितवनका अध्यक्ष, नगर अपांग उत्थान समाज माडीका उपाध्यक्ष एवं सामुदायिक रेडियो माडीका सञ्चारकर्मीसमेत रहेका पाठक ब्रेल लिपिमा समाचार पढ्ने पत्रकारका रुपमा समेत परिचित छन् ।

पाठकले माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयमा कार्यरत शिक्षकसँगै लोकदोहोरी तथा हास्य कलाकारका रुपमा पनि आफ्नो परिचय बनाएका थिए ।

यसअघि पाठककी आमालाई पनि क्यान्सर देखिएपछि गतवर्ष भारतको नयाँदिल्ली लगेर उपचार गरिएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०८१ बुधवार - १४:५७:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology