Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चिनियाँ ठेकेदार कम्पनीलाई ९५ हजार रुपियाँ जरिवाना

चिनियाँ ठेकेदार कम्पनीलाई ९५ हजार रुपियाँ जरिवाना

images

इच्छाकामना न्युज

५, फाल्गुण २०८१
चिनियाँ ठेकेदार कम्पनीलाई ९५ हजार रुपियाँ जरिवाना
images

नवलपुर, फागुन ५ गते । नारायणघाट–बुटबल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिलाई नवलपुरको कावासोती नगरपालिकाले ९५ हजार रुपियाँ जरिवाना गरेको छ । 

कम्पनीले सडक विस्तारको नाममा जथाभावी नदीजन्य पदार्थ उत्खनन गरेको पाइएपछि नगरपालिकाले जरिवाना गरेको हो । कावासोती –१६ को पत्थर खोलामा केही दिनअघि जेसिबी र ट्रिपर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरेका तस्बिरहरु सार्वजनिक भएपछि नगरपालिकाले अनुगमन गरेको थियो । 

अनुगमनको क्रममा फेला परेको एउटा जेसिबी र एउटा ट्रिपरलाई कारबाही गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार ट्रिपरलाई २५ हजार रुपियाँ र जेसिबीलाई ७० हजार गरी ९५ हजार रुपियाँ जरिवाना गरिएको हो । 

नगरपालिकासँग विनाअनुमति उत्खनन गरेको पाइएकाले कारबाही गरिएको कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । भुसालका अनुसार नगरपालिकाले कति परिणाममा नदीजन्य पदार्थ उत्खनन गरिएको छ भन्ने अनुसन्धान गर्न अनुगमन समिति पनि गठन गरेको छ । समितिको सिफारिसको आधारमा ठेकेदार कम्पनीलाई थप कारबाही हुने नगरपालिकाले जनाएको छ ।

यसअघि कावासोती नगरपालिकाले स्टक प्रमाणित नभएको नदीजन्य वस्तु जफत गर्ने र चोरी निकासी गर्दै गरेको अवस्थामा सवारीसाधनको सङ्ख्याको आधारमा कारबाही गर्ने गरेको थियो ।  तर अहिले चोरी भएर प्रयोग भइसकेको सामग्रीको विषयमा कस्तो कारबाही गर्ने भन्ने निर्णय नभएकाले कार्यपालिकाको बैठक बसेर थप कारबाहीको निर्णय हुने नगरप्रमुख भुसालले बताउनुभयो । 

प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा गण्डकी प्रदेश ०४ ००१ ख ००७३ नम्बरको ट्रिपरलाई  नियन्त्रणमा लिएर नगरपालिकाको जिम्मा लगाएको थियो । अर्को एउटा जेसिबीलाई कावासोती –१६ वडा कार्यालयको सिफारिसका आधारमा कारबाही गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । 

images
प्रकाशित मिति :फाल्गुण ५, २०८१ सोमवार - २०:४४:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology