Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

भारतको कुम्भमेलाबाट फर्किंदा दुर्घटनामा परी ३ नेपालीको मृत्यु

भारतको कुम्भमेलाबाट फर्किंदा दुर्घटनामा परी ३ नेपालीको मृत्यु

images

इच्छाकामना न्युज

५, फाल्गुण २०८१
भारतको कुम्भमेलाबाट फर्किंदा दुर्घटनामा परी ३ नेपालीको मृत्यु
images

भैरहवा । भारतको प्रयागराजमा भएको कुम्भमेलाबाट घर फर्केका तीन नेपाली नागरिकको सोमबार बिहान भारतमा भएको सडक दुर्घटनामा मृत्यु भएको छ ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले रुपन्देहीको देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल र उनकी श्रीमती ३५ वर्षीय दीपा खनाल तथा ४० वर्षीया गीता शर्माको मृत्यु भएको सूचना प्राप्त भएको बताए । दुर्घटनामा पाँचजना घाइते भएका छन् । घाइते हुनेमा देवदह-९, भलुहीकी कोपिला पोखरेल, उनका छोरा शुभम, आविष्कार पराजुली र यमकलादेवी मगर छन् । दुर्घटनामा सवारी चालक भारतीय नागरिक रितेश दुबे पनि घाइते भएका छन् ।


एसपी राठौरका अनुसार उनीहरु प्रयागराज कुम्भमेलामा स्नान गरेर फर्किंदै थिए । सोमबार बिहान भारतको उत्तरप्रदेशस्थित बाराणासी–आजमगढ राजमार्गस्थित आजमगढ भन्ने स्थानमा सडकको डिभाइडरमा गाडी ठोक्किएर दुर्घटना भएको हो । ‘घटनाबारे हामीले भारतीय पक्षसँग समन्वय गरी थप जानकारी लिने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘घटनाको विस्तृत विवरण आउन बाँकी छ ।’

देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले पनि दुर्घटनामा ३ जनाको मृत्यु भएको खबर आएको बताए ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०८१ सोमवार - १७:५५:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology