Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य केही दिन अस्पतालमै बस्ने

अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य केही दिन अस्पतालमै बस्ने

images

इच्छाकामना न्युज

५, फाल्गुण २०८१
अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य केही दिन अस्पतालमै बस्ने
images

काठमाडौँ । ‘पोखरा भ्रमण वर्ष’ घोषणा कार्यक्रम उद्घाटनमा शनिबार बेलुन पड्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको भने केही समय अस्पतालमानै उपचार हुने कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जरी विभागका प्रमुख तथा उपचार टोलीका सदस्य डा. विशाल कार्कीले बताए ।

डा. कार्कीका अनुसार घाउ गहिरो हुन सक्ने जोखिम रहेकोले मन्त्रीलाई ४८ घण्टा निगरानीमा राखेर अपचार पछि डिर्स्चाज गरेको बताए । कार्कीले भने, ‘घाउ गहिरो हुन्छ वा हुँदैन, श्वासनली र फोक्सोमा समस्या आउँछ आउँदैन भन्नेबारे अस्पतालमा ४८ घण्टा राखेर निगरानी गर्नु पर्ने थियो । अवस्था सामान्य देखिएपछि डिस्चार्ज गरेका हौँ । मन्त्रीज्यूलाई केही दिन नियमित ड्रेसिङ भने गर्नु पर्ने हुन्छ । जुन घरबाट नै सम्भव छ ।’

आचार्य भने आफैं बस्न चाहेकाले केही समय अस्पतालनै राखिने कार्कीले बताए । 'मेयरज्यूले मुटुसम्बन्धी पहिलेदेखि नै औषधि खानुहुँदो रहेछ। उहाँले केही समय बस्ने इच्छा राख्नु भयो,' कार्कीले भने।

पोखरा भ्रमण वर्षको कार्यक्रम उद्घाटनका क्रममा शनिबार बेलुनको झुप्पा पड्किँदा मेयर आचार्यको गालाको धेरै भाग र देब्रे हातमा गहिरो जलन भएको थियो भने मन्त्री पौडेलको दुवै हातमा र अनुहारमा जलन भएको थियो । उनीहरूलाई पोखरामै प्रारम्भिक उपचार गरेर सोही दिन हेलिकोप्टरबाट काठमाडौंस्थित कीर्तिपुर अस्पताल ल्याइएको थियो ।

 

घटनाको सत्यतथ्य जाँचबुझ गर्न गृह मन्त्रालयले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा आइतबार ८ सदस्यीय छानबिन समिति पनि गठन गरिसकेको छ। पोखराको घटनापछि सार्वजनिक कार्यक्रमको सुरक्षा मापदण्डका विषयमा पनि प्रश्न उठेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०८१ सोमवार - १७:४८:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology