Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आजको मौसमः कोशी, गण्डकी र कर्णालीमा माैसम बदली रहने

आजको मौसमः कोशी, गण्डकी र कर्णालीमा माैसम बदली रहने

images

इच्छाकामना न्युज

५, फाल्गुण २०८१
आजको मौसमः कोशी, गण्डकी र कर्णालीमा माैसम बदली रहने
images

काठमाडाैं । देशभर मौसममा पश्चिमी वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव सक्रिय रहेको छ। यसको प्रभावले विभिन्न भू-भागमा आंशिकदेखि साधारण बदलीको अवस्था रहनुका साथै केही स्थानहरूमा हिमपातको सम्भावना छ।

देशका पहाडी भू-भागहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यत: सफा रहनेछ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा समेत हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। तराईका केही भू-भागहरूमा बिहानपख हुस्सु/कुहिरो लाग्ने सम्भावना छ, जसले गर्दा यातायातमा असर पुर्‍याउन सक्ने देखिन्छ।

मौसम पूर्वानुमान महाशाखाले सम्भावित प्रभावलाई मध्यनजर गर्दै दैनिक जनजीवन, स्वास्थ्य तथा यातायातमा सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न तथा हुस्सु/कुहिरोको कारण सडक तथा हवाई यातायातमा हुन सक्ने असहजतालाई ध्यानमा राख्न अनुरोध गरिएको छ।

यातायातका साधन चालकहरूलाई सावधानीपूर्वक यात्रा गर्न तथा मौसमको अपडेट जानकारी लिएर मात्रै यात्रामा निस्कन सुझाव दिइएको छ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०८१ सोमवार - ०७:०२:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology