Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुरमा १२ हजार ७ सय १० जना छात्राले एचपिभी खोप लगाए

भरतपुरमा १२ हजार ७ सय १० जना छात्राले एचपिभी खोप लगाए

इच्छाकामना न्युज

४, फाल्गुण २०८१
भरतपुरमा १२ हजार ७ सय १० जना छात्राले एचपिभी खोप लगाए
images

चितवन, फागुन ४ । चितवनको भरतपुर महानगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लक्ष्यभन्दा कम किशोरीले लगाएका छन् । १६ हजार ७ सय ४८ जना छात्रालाई लगाउने लक्ष्य राखिएकोमा फागुन ४ गतेसम्ममा १२ हजार ७ सय १० जना छात्राले मात्र खोप लगाएका छन् । लक्ष्यभन्दा ४ हजार ३८ जना कम किशोरीले खोप लगाएको भरतपुर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिनुभयो ।

images
images

महानगरपालिकामा फागुन २ गतेसम्म खोप लगाउने लक्ष्य राखिएको थियो । तर, लक्ष्यभन्दा कम किशोरीले खोप लगाएपछि फागुन ६ गतेसम्म खोप लगाउने समय अवधि थप गरिएको सुवेदीले बताउनुभयो ।

भरतपुरमा माघ २२ गतेदेखि खोप अभियान जारी छ । यो अवधिमा भरतपुरको वडा नम्बर १० मा सबैभन्दा धेरै किशोरीले खोप लगाएको सुवेदीले जानकारी दिनुभयो । त्यसपछि वडा नम्बर ४ र ९ का किशोरीले खोप लगाएका छन् ।

भरतपुरका सामुदायिक र संस्थागत विद्यालयमा अध्यययन गर्ने किशोरीलाई लगाउन लगाइएको हो । विद्यालय जाने ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरु र विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेरका समुहका किशोरीले खोप लगाइराखेका छन् ।

यसअघि भरतपुर क्यान्सर अस्पतालमा ५ हजार किशोरीले खोप लगाएको उहाँले बताउनुभयो । भरतपुरमा खोप सेवाका लागि १ सय ९३ खोप केन्द्र, २ सय १ जना स्वास्थ्यकर्मी र ४ सय २ जना स्वास्थ्यकर्मी खटिएका छन् । खोप अभियान चितवनसहित देशभर चलिरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०८१ आइतवार - २०:११:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology