Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

चितवनका किसानले अण्डामा लेभलिङ गर्न थाले

चितवनका किसानले अण्डामा लेभलिङ गर्न थाले

images

इच्छाकामना न्युज

४, फाल्गुण २०८१
चितवनका किसानले अण्डामा लेभलिङ गर्न थाले
images

चितवन, फागुन ४ । चितवनका किसानले अण्डामा लेभलिङ गर्न थालेका छन् । आफुले उत्पादन गरेका अण्डाको गुणस्तरबारे जानकारी दिनका लागि यहाँका किसानले अण्डाको क्रेटमा लेभलिङ राख्न थालेका हुन् । खुल्ला पालिका र केजमा पालिएका कुखुराले दिने अण्डाको गुणस्तर फरक हुने भएकाले उपभोक्तालाई जानकारी गराउन अण्डामा लेभलिङ गर्न थालिएको अण्डा उत्पादक किसान दिपक पाण्डेले जानकारी दिए ।

पाण्डेले खुल्ला खोरमा (फ्रि केज) कुखुरा पालन गर्दै आएका छन् । अहिले काठमाडौँ जाने अण्डामा लेभलिङ गरिएको उनले बताए । ‘हप्तामा एक गाडी (१६० बाक्सा) अण्डामा लेभलिङ राखेर काठमाडौँ पठाउँछु । व्यवसायीबाट राम्रो प्रतिक्रिया आएको छ’, उनले भने ‘चितवनमा बिक्री हुने अण्डामा पनि लेभलिङ राख्ने योजनामा छ ।’ उनले १२ हजार लेयर्स कुखुरा पालेका छन् ।

चितवनमा ठुला किसानहरुले ब्याट्रीकेजमा राखेर कुखुरा पालन गर्दछन् । तर, फ्रि केजमा राखेर पालिएको कुखुराबाट उत्पादित अण्डाको गुणस्तर धेरै राम्रो हुने एनिमल नेपाल चितवनका कार्यक्रम संयोजक रामचन्द्र आचार्यले जानकारी दिए । ‘ब्याट्रीकेजको तुलनामा डबल समयसम्म बिग्रिदैन,’ उनले भने ‘विभिन्न अध्ययनले पनि पौष्टिक तत्व बढी हुने देखाएको छ ।’

उनका अनुसार, ब्याट्रीकेजमा पालिका कुखुराबाट उत्पादित अण्डामाभन्दा दुई तिहाई बढी भिटामिन ए, तीन गुणा बढी भिटामिन ई, सात गुणा बढी बिटा क्यारोटीन, दोब्बर बढी ओमेगा, छ गुणा बढी भिटामिन डी लगायतका पौष्टिक तत्व पाइन्छ । मानिसको आँखाका लागि चाहिने एन्टिअक्सिडेन्ट, लुटेन र जेक्साथिन समेत केज फ्रि अण्डाको पहेँलो भागमा बढी पाईएको उनले बताए ।

एनिमल नेपालका अनुसार चितवनमा अण्डा उत्पादक किसान सय जनाको हाराहारीमा छन् । त्यसमध्ये १० जना किसानले केजमा कुखुरा पाल्दै आएका छन् । बाँकी किसानले फ्रि केजमा पालन गर्दै आएका छन् । फ्रि केजबाट उत्पादित अण्डाको गुणस्तरबारे जानकारी गराउन सके साना किसान र उपभोक्तालाई समेत फाइदा पुग्ने एनिमल नेपालकी प्रमुख सुलक्षणा राणा बताउँछिन् । भुई खोस्रने र पखेँडा चलाउने कुखुराको नेचर भएकाले साँघुरो खोरमा पाल्न नहुने उनले बताइन् । खुल्ला छाडेर पालिका कुखुराले अण्डा समेत धेरै दिने उनको भनाई छ ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०८१ आइतवार - २०:०४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology