Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

आज पोखरा भ्रमण वर्ष घोषणा हुँदै : २० लाख पर्यटक भित्र्याउने लक्ष्य

आज पोखरा भ्रमण वर्ष घोषणा हुँदै : २० लाख पर्यटक भित्र्याउने लक्ष्य

इच्छाकामना न्युज

३, फाल्गुण २०८१
आज पोखरा भ्रमण वर्ष घोषणा हुँदै : २० लाख पर्यटक भित्र्याउने लक्ष्य
images

काठमाण्डौ । पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा हुँदैछ ।

images
images

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई गएको वर्ष ‘पर्यटनको राजधानी’ घोषणा गरेकोमा यसवर्ष स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्षको घोषणा गर्न लागिएको जानकारी दिनुभयो ।

पोखरा महानगर–९ नयाँ बजारमा रहेको प्रदर्शनी केन्द्रमा आज हुने समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको विशेष उपस्थितिमा भ्रमण वर्ष घोषणा हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरालाई गएको वर्ष चैतमा ‘पर्यटनको राजधानी’ घोषणा गरिएको थियो ।

भ्रमण वर्षको अवधिभर क्रियाशील रहने गरी महानगरका मेयर आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । यस्तै, पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति र विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा समितिहरू गठन गरिएका छन् ।

भ्रमण वर्षको अवधिभर पोखरा महानगरपालिकोतर्फबाट विभिन्न किसिमका पर्यटन  प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ । भ्रमण वर्ष सफल बनाउनका लागि विभिन्न देशका राजदूतको समेत सहभागिता रहने मेयर आचार्यले बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा भ्रमण वर्षले पर्यटनको क्षेत्रमा राम्रो हुने बताउदै त्यसलाई सफल बनाउनका लागि पर्यटनसँग सम्बद्ध सङ्घ संस्थाले सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।    

images
प्रकाशित मिति :फाल्गुण ३, २०८१ शनिवार - १०:३५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology