Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

डिभाइडरमा ठोकिएर मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूली नदीमा बेपत्ता, खोजी कार्य जारी

डिभाइडरमा ठोकिएर मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूली नदीमा बेपत्ता, खोजी कार्य जारी

images

इच्छाकामना न्युज

२, फाल्गुण २०८१
डिभाइडरमा ठोकिएर मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूली नदीमा बेपत्ता,  खोजी कार्य जारी
images

इच्छाकामना, फागुन २। नारायणगढबाट काठमाडौँतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूली नदीमा बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय, मुग्लिनकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरला भण्डारीका अनुसार लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ रामनगर बस्ने २७ वर्षीय रोहित राना त्रिशूली नदीमा बेपत्ता भएका हुन् ।

काठमाडौंका लागि रामनगरबाट एक्लै निस्किएका राना सवार बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल चितवनको इच्छाकामना गाउँपालिका–५ मा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । आज बिहान ११:५० बजे मोटरसाइकल सडक छेवैको डिभाइडरमा ठोकिदाँ राना सडकबाट अन्दाजी १५० मिटर तल त्रिशूली नदीमा खसेका थिए । ‘डिभाइडरमा उछिट्टिएर उहाँ झर्नुभएको रहेछ,’ इन्स्पेक्टर भण्डारीले भनिन्, ‘खोजी जारी छ । भेटिएको छैन ।’

अहिले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरको टोलीले त्रिशूलीमा उनको खोजी गरिरहेको छ । इन्स्पेक्टर भण्डारीका अनुसार घटनास्थलमा उनले बोकेको पर्स, केही कागजात, लुगा, जुत्ता भेटिएपछि उनी चितवनको भएको पुष्टि भएको हो । उनी भारतीय सेनामा समेत  (गोर्खा राइफल म्यान) मा कार्यरत रहेको पुष्टि भएको छ।

images
प्रकाशित मिति :फाल्गुण २, २०८१ शुक्रवार - १७:००:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology