Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

भरतपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भरतपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

images

इच्छाकामना न्युज

२, फाल्गुण २०८१
भरतपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
images

भरतपुर, फागुन २ । भरतपुर महानगरपालिका–१० विशाल चोक नजिक भित्रि बाटोमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार व्यक्ति गम्भीर घाइते भएका छन् ।

गएराति १२ः४० बजेको समयमा ना ६४ प ५९३८ नम्बरको मोटरसाइकल सडक छेउमा रहेको सिमेन्टको गमलामा ठोक्किँदा वीरगञ्ज घर भइ हाल भरतपुर–१० पुरानो मेडिकल कलेज अगाडि डेरा गरी बस्ने वर्ष २८ को प्रतिक श्रीवास्तवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

उनी वीरगञ्जबाट भरतपुर आएको १० दिनजति मात्रै भएको उनका साथी धनुषा जनकपुर उपमहानगरपालिका–८ घइ भइ हाल चितवन मेडिकल कलेजमा कार्यरत डा बिक्रान्त नायकले जानकारी दिए । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका श्रीवास्तवलाई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा गएराति १ः१० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मोटरसाइकल पछाडि सवार भरतपुर–१० हाकिमचोक बस्ने वर्ष २८ को विवेक चापागाईको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २, २०८१ शुक्रवार - १०:०६:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology