Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान प्रतिबन्ध तत्काल हटाउन माग

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान प्रतिबन्ध तत्काल हटाउन माग

इच्छाकामना न्युज

१, फाल्गुण २०८१
सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान प्रतिबन्ध तत्काल हटाउन माग

१ फागुन, काठमाडौं । पर्यटन क्षेत्रका सात प्रमुख संगठनले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तुरुन्त हटाउन माग गरेका छन् ।

images

वायुसेवा सञ्चालक संघ, एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपाल, होटल एसोसिएसन नेपाल (हान), नेपाल उद्योग परिसंघ, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले संयुक्त विज्ञप्ति जारी गरी हेलिकप्रट उडान प्रतिबन्ध हटाउन माग गरेका हुन् ।

ती संगठनले हेलिकप्टर उडान रोक्नु कानुन विपरीत रहेको भन्दै प्रतिबन्ध कायमै रहे अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह हुने र पर्यटन उद्योग नै धराशायी हुने जनाएका छन् ।

‘प्रतिबन्ध जारी रहे हेलिकप्टर कम्पनीहरूलाई ठूलो आर्थिक भार पर्न गई व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने र हेलिकप्टर कम्पनीमा कार्यरत कर्मचारीको रोजगारी गुम्ने र आश्रित परिवारको रोजीरोटी खोसिनेतर्फ सरोकारवालाको ध्यानाकर्ष हुनुपर्छ,’ विज्ञप्तिमा छ, ‘त्यसकारण तत्काल समस्या समाधान गर्न वार्ता तथा संवाद गरिनुपर्छ ।’

 
 

सहमति तोडेर निकुञ्जले सगरमाथा क्षेत्रमा उडान खुलाएको भन्दै खुम्बु गाउँपालिकाको आपत्ति

सगरमाथा निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिका, स्थानीय युवा समूह लगायत संघसंस्थाले सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडान तथा अवतरणमा १ जनवरी २०२५ देखि प्रतिबन्ध लगाएका थिए ।

त्यसयता प्रतिबन्ध खुलाउन सरोकारवाला र सम्बन्धित पदाधिकारीसँग पटक–पटक वार्ता गर्दा पनि निर्क्योलमा पुग्न नसकेको र हाल उक्त क्षेत्रका हेलिप्याडमा अवरोध कायम रहेको वायुसेवा सञ्चालक संघले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - १८:३१:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology