Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

सौराहामा आजदेखि फूड फेस्टिभल सुरु

सौराहामा आजदेखि फूड फेस्टिभल सुरु

images

इच्छाकामना न्युज

२९, माघ २०८१
सौराहामा आजदेखि फूड फेस्टिभल सुरु
images

चितवन, माघ २९– चितवनको पर्यटकीय नगरी सौराहामा खाना महोत्सव (फूड फेस्टिभल) सुरु भएको छ । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा आजदेखि १९ औँ संस्करणको महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले गरे ।

महोत्सवको उद्घाटन गर्दै मन्त्री ठकुरीले सौराहाको पर्यटनको विकासका लागि प्रदेश सरकारले प्राथमिकता राखेको बताएका छन् । छाटो भाषण गरेका मन्त्री ठकुरीले खाना महोत्सवले सौराहाको पर्यटनको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा समेत राखे ।

बागमती प्रदेशका संसाद तथा पुर्वमन्त्री कृष्णप्रसाद खनालले अहिले निकुञ्ज ऐन खारेज गर्नुपर्ने बताएका छन् । सौराहा क्षेत्रको विकास तथा मेलाको आयोजना गर्ने ठाउँका लागि बेला बेला निकुञ्ज बाधक बन्ने गरेको भन्दै त्यसलाई हटाउनका लागि ऐन नै परिमार्जन गर्नुपर्ने धारणा राखे ।

बागमती प्रदेशका सांसद जेएन थपलियाले सौराहाको पर्यटनलाई जोगाउन आवश्यक रहेको बताउँदै प्रदेश सरकारले काम गर्नुपर्ने बताए । उनले पूर्वी चितवनलाई नै समेटर पर्यटनको विकास गर्न योजना बनाउनुपर्ने समेत बताएका छन् । सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यका साथ खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर महोत्वसको आयोजना गरिएको हो । चितवनको पर्यटन विकासका लागि उत्सव आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

उत्सवमा प्रवेश टिकटबाट प्राप्त आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यकरण गरिने आयोजकले जनाएको छ । उत्सवका कारण सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । आयोजक समितिका संयोजक शम्भूप्रसाद मालीले फागुन ३ गतेसम्म चल्ने खाना उत्सवमा बहुल जातजातीहरुको झाँकीका साथै सिन्धुलीको कर्ने मगर बाजाको प्रस्तुती रहेको छ ।

कलाकारको साङ्गीतिक प्रस्तुती, खाना प्रदर्शनी तथा प्रतियोगिता, ‘वेटर’र‘वेटरेस’बीच प्रतियोगिता, डोरी तान प्रतियोगिता, प्रथम रेवान कप महिला फुटवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता हुने जनाइएको छ ।

images
प्रकाशित मिति :माघ २९, २०८१ मंगलवार - २१:५१:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology