Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

प्रदेश सांसद् लामाद्वारा रत्ननगर अस्पतालको निरीक्षण

प्रदेश सांसद् लामाद्वारा रत्ननगर अस्पतालको निरीक्षण

images

इच्छाकामना न्युज

२९, माघ २०८१
प्रदेश सांसद् लामाद्वारा रत्ननगर अस्पतालको निरीक्षण
images

रत्ननगर । बागमती प्रदेश सांसद् ज्ञानुजङ्ग लामाले बकुलहर रत्ननगर अस्पतालको निरीक्षण गरेका छन् । सो अवसरमा अस्पतालको जनरल वार्ड, सर्जिकल वार्ड, पेडिएट्रिक वार्ड र प्याथोलोजी वार्डको अवलोकन गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

अस्पतालका मेसु मदन ज्ञवाली र अध्यक्ष गोपालराज कर्माचार्यले अस्पतालमा तत्काल सिटी स्क्यानको अभाव रहेको बताउँदै प्रदेश सरकारबाट सहयोग गरिदिन सांसद् लामासँग अनुरोध गरे ।

सांसद् लामाले सिटी स्क्यानको लागि प्रदेश सरकारबाट बजेटको व्यवस्था गर्ने आश्वासन दिँदै अस्पतालबाट सेवाग्राहीलाई दिने सेवासुविधामा कुनै पनि कन्जुस्याइँ नगर्न आग्रह गरे । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नगरअध्यक्ष गोविन्दप्रसाद अधिकारी र नगरप्रवक्ता सन्तोष लामाको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :माघ २९, २०८१ मंगलवार - २१:२६:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology