Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

तनहुँमा दोश्रो चरणको एचपिभि खोप अभियान सुरु

तनहुँमा दोश्रो चरणको एचपिभि खोप अभियान सुरु

इच्छाकामना न्युज

२७, माघ २०८१
तनहुँमा दोश्रो चरणको एचपिभि खोप अभियान सुरु

दमौली, माघ २७ । तनहुँमा आइतबारबाट दोश्रो चरणको खोप अभियान सुरु भएको छ । माघ २७ गते आइतबारदेखी शुक्लागन्डकी नगरपालिकाका विद्यालय जाने २५९१ जना र नजाने ११५ र गरि २७०६ जना, म्याग्दे गाउँपालिकाका विद्यालय जाने ७५८ जना, भिमाद नगरपालिकाका विद्यालय जाने १२७१ र नजाने ६ गरि १२७७ जना, ऋषिङ गाउँपालिकाका विद्यालय जाने ७७७ र नजाने १० गरि ७८७ जना तथा घिरिङ गाउँपालिकाका विद्यालय जाने ५८० जना गरि ६१८० जना किशोरीलाई उक्त खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

images

उक्त अभियानको लागि म्याग्दे गाउँपालिकामा १३ खोपकेन्द्र, १३ स्वास्थ्यकर्मी, २६ स्वयंसेविका, शुक्लागन्डकी नगरपालिकामा ३५ खोपकेन्द्र, ३५ स्वास्थ्यकर्मी, ७० स्वयंसेविका, भिमाद नगरपालिकामा २५ खोपकेन्द्र, २५ स्वास्थ्यकर्मी र ५० स्वयंसेविका, घिरिङ गाउँपालिकामा १३ खोपकेन्द्र १३ स्वास्थ्यकर्मी र २६ स्वयंसेविका र ऋषिङ गाउँपलिकामा २० खोपकेन्द्र, २० स्वास्थ्यकर्मी र ४० स्वयंसेविका परिचालन हुने प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलामा पाठेघरको क्यान्सर हुने, त्यसमध्ये १ हजार ३१३ जनाको उक्त रोगको कारण मृत्यु हुने गर्छ । हरेक दिन ४ जना महिलाको पाठेघरको क्यान्सरको कारण मृत्यु हुने गरेपछि सरकारले कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने १० देखी १४ वर्ष उमेरसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप लगाउने नीति ल्याएको हो । तनहुँमा आइतबार सबै स्थानीय तहमा प्रमुखहरुको उपस्थितीमा खोप अभियान सन्चालन गरिएको छ ।

images
प्रकाशित मिति :माघ २७, २०८१ आइतवार - २०:४७:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology