Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

जनता आवास कार्यक्रम : मकवानपुर र चितवनमा बने दुई हजार घर

जनता आवास कार्यक्रम : मकवानपुर र चितवनमा बने दुई हजार घर

images

इच्छाकामना न्युज

२७, माघ २०८१
जनता आवास कार्यक्रम : मकवानपुर र चितवनमा बने दुई हजार घर
images

चितवन । जनता आवास कार्यक्रम अन्तर्गत् मकवानपुर र चितवनमा १४ वर्षको अवधिमा २ हजार ७ वटा घर निर्माण भएका छन् ।

आर्थिक रुपले अति विपन्न तथा लोपोन्मुख र सीमान्तकृत समुदायका अति गरिबहरूलाई निजी घरको व्यवस्था गर्न संघीय सरकारले आर्थिक वर्ष २०६७/०६८ देखि मकवानपुरमा जनता आर्थिक वर्षास कार्यक्रम सञ्चालन गरेको थियो ।

आर्थिक वर्ष २०७५/०७६ देखि संघीय सरकारले जनता आर्थिक वर्षास कार्यक्रम प्रदेश सरकारलाई हस्तान्तरण गर्‍यो । प्रदेश सरकारलाई संघीय सरकारले उक्त कार्यक्रम हस्तान्तरण गरेपछि आर्थिक वर्ष २०७५/०७६ देखि चितवनमा पनि जनता आर्थिक वर्षास कार्यक्रम सञ्चालन गरियो ।

जनता आर्थिक वर्षास कार्यक्रम अन्तर्गत चेपाङ, वनकरिया, वोटे, पहरी, माझी र दलित समुदायका अतिविपन्न र लोपोन्मुख एवं सीमान्तकृत समुदायका व्यक्तिहरूलाई कार्यविधि अनुसार छनोट गरेर सरकारले भवनहरू बनाएर हस्तान्तरण गर्दै आएको छ ।

 
आर्थिक वर्ष ०७५/०७६ देखि प्रदेश सरकारले चितवन र मकवानपुरमा जनता आर्थिक वर्षास कार्यक्रम सञ्चालन गरेको छ । ‘यस अवधिमा यी दुई जिल्लामा एक हजार ३ सय ६ वटा घर निर्माण गरेर हस्तान्तरण गरिसकेका छौं,’ उनले भने । शहरी विकास तथा भवन कार्यालय हेटौंडाले चितवन र मकवानपुरमा जनता आर्थिक वर्षास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सबैभन्दा धेरै चेपाङ समुदायका लाभग्राहीलाई घर बनाएर हस्तान्तरण गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका निम्ति जनता आर्थिक वर्षास कार्यक्रमका लागि १४ करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त रकमले शहरी विकास तथा भवन कार्यालयले एकीकृत वस्तीको अवधारणा अनुसार भवन निर्माण सुरु गरेको छ ।

कार्यविधि अनुसार छनोट भएका लाभग्राहीहरूको भवन सकेसम्म एकै स्थानमा निर्माण गर्ने योजना बनाएको थियो । उक्त योजना अनुसार कम्तिमा १० वटा भवन एकैस्थानमा निर्माण गर्ने लक्ष्य राखेको थियो । ’एकीकृत बस्तीमा पानी, बिजुली र वाटो पुर्‍याउन सजिलो हुने भएकाले एकीकृत बस्ती आर्थिक वर्षास कार्यक्रमको अवधारणा ल्याइएको हो,’ शहरी विकास तथा भवन कार्यालयका प्रमुख अधिकारीले भने,‘ एकीकृत वस्ती हुँदा काम गर्न पनि सजिलो हुन्छ ।’

एकीकृत बस्ती आर्थिक वर्षास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा चितवनमा २ सय २७ वटा र मकवानपुरमा २ सय ९५ वटा भवन निर्माण हुँदैछन् । चितवनमा १ सय २७ वटा भवन निर्माण भइसकेका छन् भने मकवानपुरमा १ सय १६ वटा भवन निर्माण भइसकेको कार्यालय प्रमुख अधिकारीले बताए ।

‘मकवानपुरको राक्सिराङ गाउँपालिका–४ मा निर्माण गरिएको एकीकृत बस्तीका भवनहरू छिट्टै हस्तान्तरण गर्दैछौं,’ उनले भने । उक्त आर्थिक वर्षास कार्यक्रमअन्तर्गत भवन निर्माण गर्न चार किस्तामा ३ लाख ८४ हजार रुपैयाँ उपलब्ध गराउने गरिएको छ ।

आर्थिक रुपले अति विपन्न तथा लोपोन्मुख र सीमान्तकृत समुदायका अति गरिबहरूलाई निजी घरको व्यवस्था गर्न विगत १४ वर्षदेखि जनता आर्थिक वर्षास कार्यक्रममा मकवानपुरमा सञ्चालित छ । चितवनमा भने ६ वर्षदेखि उक्त कार्यक्रम सञ्चालन भइरहेको छ ।

images
प्रकाशित मिति :माघ २७, २०८१ आइतवार - १२:३२:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology