Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

इच्छाकामनामा मिनि ट्रक पल्टिँदा १९ वटा खसी बोका मरे

इच्छाकामनामा मिनि ट्रक पल्टिँदा १९ वटा खसी बोका मरे

images

इच्छाकामना न्युज

२७, माघ २०८१
इच्छाकामनामा मिनि ट्रक पल्टिँदा १९ वटा खसी बोका मरे
images

चितवन, माघ २७ । चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटार नजिकै मिनि ट्रक पल्टिँदा १९ वटा खसी बोका मरेका छन् ।

आज बिहान साढे ६ बजेको समयमा १४३ वटा खसी बोका लोड गरी बर्दियाबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।

मिनि ट्रकमा च्यापिएर १९ वटा खसी बोका मरेका हुन् । ट्रक पल्टिँदा मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।

उक्त मिनि ट्रक बर्दिया राजापुर नगरपालिका–३ बस्ने वर्ष २५ को बुद्धिराम थारुले चलाएका थिए ।

images
प्रकाशित मिति :माघ २७, २०८१ आइतवार - ०९:३१:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology