Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाका किसान व्यावसायिक कफि खेतीतर्फ आकर्षित

गोरखाका किसान व्यावसायिक कफि खेतीतर्फ आकर्षित

इच्छाकामना न्युज

२६, माघ २०८१
गोरखाका किसान व्यावसायिक कफि खेतीतर्फ आकर्षित
images

गोरखा, माघ २६ गते । गोरखाको चार वटा पालिकाका किसानहरू व्यावसायिक कफि खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको बारपाका सुलीकोट गाउँपालिका, गण्डकी गाउँपालिका, पालुङटार नगरपालिका र शहीद लखन गाउँपालिकाका किसानहरू व्यावसायिक रूपमा कफि खेतीतर्फ आकर्षित भएका हुन् ।

images
images

अहिले गण्डकी गाउँपालिका र शहीद लखन गाउँपालिकाका किसानले ६४ हजारभन्दा बढी कफिको बिरुवा लगाएका छन् भने बारपाक सुलीकोट र पालुङटार नगरपालिकाका किसानले ३० हजार बढी कफिका बिरुवा लगाएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।

शहीद लखन गाउँपालिका र गण्डकी गाउँपालिकाका किसानहरूले ४५ वटा कृषक समुहलाई समटेर कुल ६ सय ४८ रोपनी क्षेत्रफलमा कफी लगाइएको बताइएको छ । जाइकाको आर्थिक सहयोग र आम्दा माइन्ड्सको प्राविधिक सहयोगमा माया प्रेम स्मृति प्रतिष्ठानले चार वटै पालिकाका किसानहरूलाई आवश्यक सहयोग र सहजीकरण गर्दै आएको छ ।

माया प्रेम स्मृति प्रतिष्ठानले किसानलाई ७० प्रतिशत कफिको बिरुवा अनुदान दिनुका साथै ठाउँ छनोटदेखि माटो परीक्षणसँगै प्राविधिक पाटो पनि संस्थाले सहयोग गर्दै आएको परियोजनाका प्राविधिक सुपरभाइजर नविन धितालले जानकारी दिनुभयो ।

उहाँका अनुसार किसानलाई मेसिन, काँटछाँट गर्ने औजार र सिँचाइका लागि प्लास्टिक पोखरी र कफिको रातो दाना छुट्याउने डायर मेसिन पनि सहयोग गरेको उहाँले बताउनुभयो ।

संस्थाको सहयोगपछि दिन प्रति दिन व्यावसायिक रूपमा कफि खेती गर्ने किसानको सङ्ख्या बढिरहेको प्राविधिक सुपररभाइजर धितालको भनाइ छ । कफि रोपेका दुई वर्षपछि उत्पादन दिन थाल्ने भएकाले पनि एउटै बोटमा एक वर्ष भित्रमा सात किलो कफि उत्पादन हुने बताइएको छ ।

जिल्लामा व्यावसायिक कफी खेती सुरु गरिएको छ । पालिका भित्रका कफी खेती गर्न रुचाउने किसानहरूलाई कृषक समूह बनाई कफी खेती सुरु गरेका कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।

पालिकाले उत्पादनका आधारमा कृषकलाई आर्थिक अनुदान दिने गाउँपालिकाको निति अनुसार नै किसानहरू कफि खेतीमा सक्रियता बढाएका हुन् । 

जिल्लामा झण्डै एक लाख बिरुवाबाट कफी उत्पादन भयो भने कफी कृषकलाई राम्रो आम्दानीको स्रोत बन्ने शहीदलखन गाउँपालिकाका बक्राङका किसान कटक अर्यालको विश्वास छ । 

images
प्रकाशित मिति :माघ २६, २०८१ शनिवार - १९:४८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology