Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

भरतपुरमा फागुन १ देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

भरतपुरमा फागुन १ देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

images

इच्छाकामना न्युज

२६, माघ २०८१
भरतपुरमा फागुन १ देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने
images

चितवन, माघ २६। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ मा रहेको हरिकीर्तन धार्मिक संस्था (लक्ष्मीवेङ्कटेश मन्दिर)ले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ । आगामी फागुन १ देखि ९ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

अक्षयकोष अभिवृद्धि गरी नृत्य पुजा आराधना एवम् मन्दिरलाई सुव्यवस्थित ढंगले संचालन गर्ने उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको महायज्ञ सम्पादन मूल समितिका संयोजक टिकाराम कंडेलले जानकारी दिए । ९ दिनसम्म सञ्चालन हुने महायज्ञमा सामुयिक ब्रतबन्ध, कथा बाचन, पाठ अर्चना, हवन, भक्ति सन्ध्या लगायतका क्रियाकलाप हुनेछन् ।
महायज्ञअन्तर्गत माघ ३० गते दिउसो २ बजे मोटरसाइकल तथा गाडीको र्‍याली समेत निकालिने उनले जानकारी दिए । फागुन १ गते बिहान १० बजेदेखि धार्मिक, सामाजिक, शैक्षिकलगायत विभिन्न संघ –संस्थाको परिचय झल्कने भेषभूषा , ब्यानर, ॐकारझन्डासहितको कलश यात्रा सहित उद्घाटन गरिनेछ ।

फागुन २ गते सामूहिक व्रतबन्ध र तुलादान, फागुन ५ गते कमलनयनाचार्य मुक्तिनाथ बाबाबाट एकवर्षीय अखण्ड श्री हरिनाम संकीर्तन स्मारकको उद्घाटन गरिनेछ । यस्तै  संस्थापक अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेललाई आचार्य र महन्त पदमा पट्टाभिषेक गर्ने कार्यक्रम रहेको मिडिया प्रचार संयोजक माधव सापकोटाले जानकारी दिए । प्रधान यज्ञाचार्य टीकाराम गुरुबाट अतिथि गृहको उद्घाटन एवम् फागुन ९ गते करोड दीप प्रज्वलनको कार्यक्रम हुनेछ ।

यस संस्था २०३७ सालमा स्थापना भएको थियो । मन्दिरको व्यवस्थापन गर्ने उद्देश्य सहित गर्न लागिएको महाज्ञयबाट तीन करोड रकम संकलन गर्ने लक्ष्य राखिएको आयोजकले जानकारी दिएको छ । हालसम्म ५० लाख बराबरको रकम उठिसकेको बताइएको छ । संकलित रकमबाट अक्षकोष स्थापना गरेर मन्दिर सञ्चालन गरिने सापकोटाले जानकारी दिए ।

महायज्ञमा कमलनयनाचार्य “मुक्तिनाथ बाबा”को संरक्षकत्व शालग्रामाचार्य आश्रम, नाग्लिवाङका नारायणाचार्य स्वामी टीकाराम गुरु, अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेलको सत्संकल्प एवम् डा चक्रपाणि आचार्यबाट कथा बचान हुनेछ ।

 

images
प्रकाशित मिति :माघ २६, २०८१ शनिवार - १९:४२:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology