Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

मुकुन्देश्वरी मन्दिरको पुनर्निर्माण सुरु

मुकुन्देश्वरी मन्दिरको पुनर्निर्माण सुरु

images

इच्छाकामना न्युज

२६, माघ २०८१
मुकुन्देश्वरी मन्दिरको पुनर्निर्माण सुरु
images

तनहुँ, माघ २६ गते । पर्यटकीय नगरी बन्दीपुर बजार नजिककै पश्चिम क्षेत्रमा रहेको मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाउने पहल थालिएको छ । सेनवंशी राजाहरूको इतिहास तथा धार्मिक महत्त्व बोकेको बन्दीपुर गाउँपालिका–२ मुच्चुकस्थित यस गढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बन्दीपुर गाउँपालिका तथा स्थानीयवासी जुटेका हुन् । यस अघिलाई पर्यटकीय गन्तव्य बनाउन मुकुन्देश्वरी मन्दिरको पुनर्निर्माण सुरु गरिएको छ भने अधुरो सिँढी मार्गलाई पूरा गर्न लागिएको छ ।

नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन राजाको पालामा निर्माण भएको भए पनि हाल ओझेलमा परेकोले त्यसको विकासका लागि स्थानीय बासिन्दाहरू जुटेको र त्यसको स्थानीय तथा प्रदेश सरकार साथ मिलेको  मुकुन्देश्वरी मन्दिर तथा दरबार निर्माण तथा संरक्षण समिति अध्यक्ष शुकुमलाल गुरुङले जानकारी दिनुभयो ।

अध्यक्ष गुरुङका अनुसार मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न बन्दीपुर गाउँपालिकाले यस क्षेत्रको संरक्षण, पुनर्निर्माण र प्रवर्द्धन गर्न लागेको हो । नयाँ मन्दिर निर्माणका लागि शनिबार शिलान्यास गरिएको छ । मन्दिरको गण्डकी प्रदेशका सभासदस्यद्वय  जीतप्रकाश आले र अशोककुमार श्रेष्ठले शिलान्यास गर्नुभयो ।

ऐतिहासिक स्थलको संरक्षणका लागि प्रदेश सरकारले १० लाख विनियोजन गरेको बताउँदै गण्डकी प्रदेश सरकारको पूर्वमन्त्री समेत रहनुभएको आलेले थप रकमका लागि पहल गर्ने बताउनुभयो ।  बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले चालु आर्थिक वर्षमा नै मुकुन्देश्वरी गढी पुग्नका लागि अधुरो सिँढी निर्माण र अन्य पूर्वाधार निर्माणका लागि सहयोग गरिरहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष पञ्चमाया गुरुङ, वडाध्यक्षहरू तिलकबहादुर कुँवर र परमेश्वर भट्टराइले मुकुन्देश्वरी मन्दिरको व्यवस्थापनका लागि पालिका तथा वडाबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

यहाँ मुकुन्देश्वरी मन्दिरसहित पाल्पाली राजा मणि मुकुन्दसेनको भग्नावशेष दरबार, तत्कालीन सैनिक टुँडिखेल ३०/३५ जना बस्न मिल्ने गुफा, पानी सङ्कलनका लागि ८÷१० फिटभन्दा गहिरो इनार, घोडा बाँध्ने तबेलाहरू रहेका छन् । गाउँपालिकाले मुुकुन्देश्वरी डाँडाको प्रचारप्रसारका लागि पदमार्ग पर्खाल निर्माणको कामलाई समेत तीव्रता दिएको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ ।

बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । यस्तै बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा यस क्षेत्रको प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक बन्दीपुर भित्र्याउने योजना पनि गाउँपालिकाको छ । महाभारत शृङ्खलाअन्तर्गत पर्ने मुकुन्देश्वरी समुन्द्री सतहबाट १३४३ मिटरको उचाइमा रहेको छ । यहाँबाट धौलागिरिदेखि माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, हिमचुली गणेश लाङटाङसम्मका दर्जनौँ हिमशृङ्खलाहरू लगायत तनहुँ, लमजुङ, गोर्खा, चितवन र नवलपुरका स्थानहरू आँखै अगाडि देख्न सकिन्छ । बन्दीपुरबाट भन्ज्याङ चौतारा हुँदै मुच्चोकसम्म सवारी साधनमा पुगी त्यहाँबाट ४५ मिनेटको उकालो पैदल सिँढी चढ्दै मुकुन्देश्वरी डाँडा पुग्न सकिन्छ ।

images
प्रकाशित मिति :माघ २६, २०८१ शनिवार - १६:३३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology