चितवन, माघ २५ । भरतपुर–५ पञ्चरत्न फिड उद्योग नजिकै मादक पदार्थ सेवन (मापसे) गरी मोटरसाइकल चलाएर पैदलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्री घाइते भएका हुन् ।
तीनै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।