Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

चितवनका सबै पालिकामा सुरक्षित आप्रवासन कार्यक्रम लागु

चितवनका सबै पालिकामा सुरक्षित आप्रवासन कार्यक्रम लागु

images

इच्छाकामना न्युज

२४, माघ २०८१
चितवनका सबै पालिकामा सुरक्षित आप्रवासन कार्यक्रम लागु
images

चितवन, माघ २४। चितवन जिल्लामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम हेल्भेटासका कार्यक्रम सबै पालिकामा लागु भएका छन् । चितवनमा चार वर्षदेखि वैदेशिक रोजगार सम्बन्धी परामर्श तथा उद्वारका क्षेत्रमा काम गर्दै आएको सामी परियोजनाले यसवर्षबाट सबैपालिकामा लागु भएको सामी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडले जानकारी दिए । उनका अनुसार यसवर्ष खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा सामीका कार्यक्रम सुरु भएका हुन् । यसअघि भरतपुर महानगरपालिका, माडी नगरपालिका र रत्ननगर नगरपालिकामा कार्यक्रम लागु भएको थियो ।

परियोजनाले जिल्ला प्रशासन कार्यालय, स्थानिय तह, वैदेशिक रोजगार विभाग, राजदुतावास, कन्सुलर सेवा, संघ तथा प्रदेश सरकारको समन्वय र सहकार्यमा काम गर्दै आएको छ ।

परियोजना सुरु भएपछि विदेशमा मृत्यु भएका १ सय ५ वटा शव चितवन ल्याउन सफल भरतपुर महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले जानकारी दिइन् । यस्तै विदेशमा अलपत्र, बेपत्ता, बन्धक र जेल लगायतमा बसेका व्यक्तिहरुको समेत उद्वार गरिएको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका र पूर्ण रुपमा आर्थिक सहायता पाएका परिवारका छोरा छोरीलाई २३ लाख ९२ हजार रुपैयाँ छात्रवृद्धि समेत उपलब्ध गराइएको उनले बताइन् ।

चितवन वैदेशिक रोजगारीमा जाने मध्ये १० नम्बरमा रहेको छ । चितवनबाट गत आर्थिक वर्ष १८ हजार २४८ जनाले श्रम स्वीकृत लिएर थिए । सोही वर्ष नेपालमा ७ लाख ४१ हजार २९७ जनाले श्रम स्वीकृत लिएको श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका सचिव विरेन्द्र देव भारतीले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै कामदारहरु युएई, साउदी, कतार, मलेसिया, कुवेद, क्रोएसिया लगायतका देशमा गएका छन् । नेपालमा कुल जिडिपि मध्ये २३ प्रतिशत रेमिट्यान्सले धानेको उनले बताए ।

वैदेशिक रोजगारीका क्रममा ठगिने समस्या रहेको छ । विदेश जाँदा सिप सिकेर गएमा राम्रो हुने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्् । उनले परियोजनाले सुरक्षित वैदेशिक रोजगारीका लागि सक्रिय भएर काम गर्न समेत आग्रह गरेकी छिन् । बिहीबार भरतपुरमा भएको चोथो परिचात्मक कार्यक्रम तथा अन्तर स्थानीय सरकार समन्वय बैठकमा कालिका नगरपालिका प्रमुख विनोद रेग्मी, खैरहनी नगरपालिका प्रमुख शशि खानिया, भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल लगायत जिल्लाका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

images
प्रकाशित मिति :माघ २४, २०८१ बिहिवार - २१:३४:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology