Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

नौ महिनादेखि युक्रेन जेलमा रहेका दुई जना नेपालीको उद्धार

नौ महिनादेखि युक्रेन जेलमा रहेका दुई जना नेपालीको उद्धार

images

इच्छाकामना न्युज

२४, माघ २०८१
नौ महिनादेखि युक्रेन जेलमा रहेका दुई जना नेपालीको उद्धार
images

काठमाडौँ । ९ महिनादेखि युक्रेन जेलमा रहेका दुई जना नेपालीको बिहीबार उद्धार गरी नेपाल पठाएको छ । युक्रेन मामिला हेर्ने जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले दोलखाका शेर स्याङ्बो शेर्पा र तेह्रथुमका फुर्वा शेर्पालाई उद्धार गरी स्वदेश पठाएको हो । युक्रेनको अध्यागमन कानुन उल्लंघन गरेको भन्दै युक्रेनले उनीहरुलाई गत मेदेखि जेलमा राखेको थियो ।

उनीहरु मेल्डोभास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल पठाइएको हो । दूतावासले उनीहरुको उद्धारका लागि आप्रवासनको लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम), युक्रेनको सीमा सुरक्षा दल, किभस्थित माल्डोभाको दूतावास र युक्रेनका लागि श्रीलंकाका अवैतनिक वाणिज्यदूतसँग समन्वय गरेको थियो ।

सन् २०२३ को जनवरी तेस्रो सातादखि युक्रेनसँग सिमाना जोडिएका मुलुकहरुले युक्रेनमा रहेका नेपाललगायत मुलुकबाट आफ्नो देशमा प्रवेश गर्न खोज्ने विदेशीलाई प्रवेशाज्ञा जारी गरेको छैन ।

दूतावासले मानव तस्करको प्रलोभनमा परी युक्रेनबाट युरोपलगायत मुलुकमा प्रवेश गर्ने कार्यमा संलग्न नहुन सबैमा अपिल गरेको छ । ‘कुनै पनि माध्यमबाट युक्रेन प्रवेश गरी विपदमा परेको अवस्थामा उद्धार गर्न अत्यन्त कठिन छ । यो वा त्यो बहानामा युक्रेन प्रवेश नगर्न सबै नेपाली नागरीकलाई पुनः अनुरोध गर्दछ,’ दूतावासद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

images
प्रकाशित मिति :माघ २४, २०८१ बिहिवार - २१:१७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology