Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

फेरि टिकटक बन्द नगर्न प्रधानमन्त्रीलाई अंशु वर्मा र मिस पविको सुझाव

फेरि टिकटक बन्द नगर्न प्रधानमन्त्रीलाई अंशु वर्मा र मिस पविको सुझाव

images

इच्छाकामना न्युज

२४, माघ २०८१
फेरि टिकटक बन्द नगर्न प्रधानमन्त्रीलाई अंशु वर्मा र मिस पविको सुझाव
images

२४ माघ, काठमाडौं । सामाजिक सञ्जाल टिकटकबाट चर्चा कमाएका अंशु वर्मा र मिस पवि (पवित्रा शाँकी) सँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् ।

बिहीबार साँझ भेट भएको तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले उनीहरूबाट अघिल्लो सरकारले जसरी टिकटक बन्द नगर्न सुझाव आएको बताएका छन् ।

‘आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ । सामाजिक सञ्जालका प्रतिभावान क्रिएटर मिस पवि र अंशु वर्मासँग साँझ कुराकानी भयो,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिनुभयो ।’

पछिल्लो पटक सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्मा दर्ता भएपछि आलोचना बढ्दै गएको छ । सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको भन्दै विरोध सुरु भएको हो ।

बिहीबार बसेको बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले पनि यसबारे कुरा उठाएकी थिइन् ।

उनले कन्टेन्ट क्रियटरलाई भेटेर सरकारले यस विधेयकबारे छलफल गर्नपर्ने धारणा राखेकी थिइन् ।

images
प्रकाशित मिति :माघ २४, २०८१ बिहिवार - २१:१५:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology