Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कुरिनटारको प्रगति पाठशालाको १९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

कुरिनटारको प्रगति पाठशालाको १९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

इच्छाकामना न्युज

२२, माघ २०८१
कुरिनटारको प्रगति पाठशालाको १९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
images

कुरिनटार ।  प्रगति पाठशाला कुरिनटारले आफ्नो १९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ । बागमती प्रदेशका बन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा एक समारोहकाबिच बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो।

images
images

475748451_3033795510094438_1878276551566209886_n.jpg

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतको विशिष्ट तथा वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, वडा नम्बर ३ का वडाध्यक्ष नरबहादुर नेपाल,पूर्व शिक्षक तथा साहित्यकार कृष्णप्रसाद पोखरेल,इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख  निरला भण्डारी लगायतको आतिथ्यता रहेको थियो । 

475727475_3033794290094560_8193818727719175336_n.jpg

कार्यक्रमका प्रमुख अतिथि  वनमन्त्री सिलवालले  संस्थागत विद्यालय स्थापनाको उद्देश्य सार्वजनिक विद्यालयसँग प्रतिष्पर्धा  गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नका निम्ति भएको बताउनुभयो । अब संस्थागत विद्यालयले सार्वजनिक विद्यालयसँग नजिक रहेर सिक्ने र सिकाउने कार्य गर्नुपर्ने बताउनुभयो । यस प्रगति पाठशालाले धेरै  डाक्टर, इन्जिनियरहरू जन्माइसकेको उल्लेख गर्दै विद्यालयको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

474859752_3033794143427908_1689827612892132881_n.jpg

कार्यक्रममा विद्यालयका प्रिन्सिपल टंक त्रिपाठीले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । एसइई तथा आधारभूत परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरेका थिए  । साथै उत्कृष्ट नतिजा  ल्याउने विषयगत शिक्षकहरुलाई पनि नगदसहित पुरस्कृत तथा सम्मान गरिएको विद्यालयले जनाएको छ । 

475768714_3033795383427784_3385344188913759430_n.jpg

कार्यक्रममा विद्यार्थी,शिक्षक र अभिभावकहरुले विभिन्न सांस्कृतिक प्रस्तुति  तथा प्रगति स्काउट ट्रुपले पिटी तथा पिरामिट प्रदर्शन गरेका थिए । साथै कार्यक्रममा साहित्यकार कृष्णप्रसाद पोखरेलले कविता र अभिभावक महेन्द्र डल्लाकोटीले बाल गीत प्रस्तुत गर्नुभएको थियो । 

सहायक प्रिन्सिपल ईश्वरविलास अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षक सुदर्शन कट्टेलले  कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।विद्यालय संचालक समितिका अध्यक्ष ध्रुब त्रिपाठीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

images
प्रकाशित मिति :माघ २२, २०८१ मंगलवार - २३:०२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology