Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी र चितवन मेडिकल कलेज बिच सम्झौता, अब आँबुखैरेनीबासीले उपचारमा २० प्रतिशत छुट पाउने

आँबुखैरेनी र चितवन मेडिकल कलेज बिच सम्झौता, अब आँबुखैरेनीबासीले उपचारमा २० प्रतिशत छुट पाउने

इच्छाकामना न्युज

२२, माघ २०८१
आँबुखैरेनी र चितवन मेडिकल कलेज बिच सम्झौता, अब आँबुखैरेनीबासीले उपचारमा २० प्रतिशत छुट पाउने
images

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिका स्वास्थ्य सेवा विस्तारका लागि नयाँ पहलकदमी गर्दै चितवन मेडिकल कलेज, भरतपुर सँग औपचारिक सम्झौता गरेको छ। सम्झौतामा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चूमान र चितवन मेडिकल कलेजका निर्देशक प्रताप देवकोटाले हस्ताक्षर गरेका छन् । सम्झौताले गाउँपालिकावासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने लक्ष्य राखेको गाउँपालिकाले जनाएको छ ।

images
images

सम्झौता अनुसार आँबुखैरेनी गाउँपालिकाका बासिन्दाहरूले चितवन मेडिकल कलेजमा उपचार गराउँदा २० प्रतिशतसम्म आर्थिक सहुलियत पाउनेछन्।यो सम्झौताले विशेष गरी आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका बिरामीहरूलाई राहत पुग्ने गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । सम्झैता अनुसार प्रत्येक १५–१५ दिनमा गाउँपालिकाको माग अनुसार विशेषज्ञ चिकित्सकहरू उपलब्ध गराइनेछन्। यसले दीर्घरोग, शल्यक्रिया आवश्यक पर्ने बिरामीहरू तथा अन्य जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई गुणस्तरीय सेवा दिने लक्ष्य राखेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु शर्माले बताए ।

सम्झौता अनुसार गाउँपालिकाको विकट क्षेत्रहरूलाई केन्द्रित गरी निःशुल्क विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। स शिविरका लागि आवश्यक जनशक्ति र उपकरण चितवन मेडिकल कलेजले उपलब्ध गराउने बताइएको छ । समझौताबाट आँबुखैरेनीका नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ रूपमा प्राप्त हुने आशा गरिएको गाउँपालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २२, २०८१ मंगलवार - २३:००:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology