Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

इच्छाकामनाका करिब १३ सय किशोरीलाई आजदेखि एचपिभी  खोप लगाइने

इच्छाकामनाका करिब १३ सय किशोरीलाई आजदेखि एचपिभी  खोप लगाइने

images

इच्छाकामना न्युज

२२, माघ २०८१
इच्छाकामनाका करिब १३ सय किशोरीलाई आजदेखि एचपिभी  खोप लगाइने
images

कुरिनटार । सरकारले देशभरका करिब १७ लाख किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको  एचपिभि खोप लगाउने भएको छ । भोली मङ्गलबार माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १५ दिन देशव्यापी अभियानको रूपमा अघि बढाउने भएको हो । 

विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्म्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिन लागिएको हो ।

यसैबिच चितवनको इच्छाकामना गाउँपालिकामा  एक हजार दुई सय ८३ जना किशोरीहरुलाई  पाठेघरको मुखको क्यान्सरविरुद्धको  एचपिभि खोप लगाउने भएको छ ।  इच्छाकामनामा माघ २२ गतेदेखि  २८ गते सम्म खोप लगाइने छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि देवकोटाका अनुसार विद्यालय र स्वास्थ्य संस्था गरि ३६ वटा खोप केन्द्रबाट   खोप लगाइने  छ । 

images
प्रकाशित मिति :माघ २२, २०८१ मंगलवार - ०८:१७:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology