चितवन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले सामुदायिक रेडियो इच्छाकामना एफएम कुरिनटारका स्टेशन म्यानेजर दान बहादुर गुरुङसहित तीन जनालाई सम्मान गरेको छ । गुरुङलाई १५ वर्षदेखि रेडियोमा निरन्तर काम गरेको आधारमा सम्मान गरिएको हो ।
यस्तै आदिवासी जनजाति पत्रकार महासंघ चितवनका निवर्तमान अध्यक्ष सन्दिप श्रेष्ठ र नागरिक दैनिकका संवाददाता बसन्त ढुंगानालाई लाई पनि फोनिजले सम्मान गरेको छ । ढुंगानालाई पत्रकारिता मार्फत जनजातिको आवाजलाई योगदान दिएको र श्रेष्ठलाई संस्थाको कुशल नेतृत्व गरेको भन्दै सम्मान गरिएको हो ।
उनिहरुलाई प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मानित गरेका हुन् ।