Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

इच्छाकामनाको ओर्ल्याङमा हाडजोर्नीका बिरामीको निःशुल्क उपचार

इच्छाकामनाको ओर्ल्याङमा हाडजोर्नीका बिरामीको निःशुल्क उपचार

इच्छाकामना न्युज

२०, माघ २०८१
इच्छाकामनाको ओर्ल्याङमा हाडजोर्नीका बिरामीको निःशुल्क उपचार
images

चितवन । नेपाल अर्थोपेडिक एसोसिएसन चितवन च्याप्टरले इच्छाकामना गाउँपालिकामा हाडजोर्नी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

images
images

इच्छाकामना २ ओर्ल्याङमा ६ जना वरिष्ठ विशेषज्ञ डाक्टरहरुले हाडजोर्नी तथा नसासम्बन्धी बिरामीहरुको स्वास्थ्य जाँच गरेका हुन्। शिविरमा ४० जनाभन्दा बढी बिरामीलाई सेवा दिइएको एसोसिएसनका अध्यक्ष डा.अर्जुन श्रेष्ठले जानकारी दिए। हाडजोर्नी खिइएका, ढाड खिइएका, काम गर्नेक्रममा चोट पटक लागेर पैसाको अभावमा उपचार नगरी बस्दा बिग्रिएका बिरामीहरुको उपचार गरिएको उनले बताए।

एसोसिएसनका सचिव डा.प्रमोद लामिछानेले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा दिने उद्देश्यले संस्थाले पहिलो पटक विकट क्षेत्रमा पुगेर शिविर आयोजना गरेको जानकारी दिए। ‘विकट क्षेत्रका विपन्न नागरिकले अति आवश्यक अवस्थामा पनि विशेषज्ञ सेवा नपाएको, घरेलु उपचार गरेर बस्ने गरेका कारण हामीले सम्बन्धित क्षेत्रमै पुगेर सेवा दिएका हौं,’ लामिछानेले भने, ‘शिविरमा निकै पुराना र बिग्रिएको अवस्थाका बिरामीहरु पनि आउनुभयो। हामीले उपचार गरेर आवश्यक औषधि उपलब्ध गराएका छौं।’ शिविरमा ६ देखि ७० वर्षसम्मका बिरामीहरुको उपचार गरिएको उनले बताए।

हाडजोर्नी तथा नसा रोग विशेषज्ञहरु डा.श्रेष्ठ, डा.लामिछाने, डा.शंकर ढकाल, डा.मनोज कँडेल, डा.दिपेन्द्र सुवेदी र डा.आनन्द कार्कीले बिरामीहरुको उपचार गरेका थिए।

images
प्रकाशित मिति :माघ २०, २०८१ आइतवार - ०९:५१:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology