Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

फुल्न थाल्यो गुराँस

फुल्न थाल्यो गुराँस

images

इच्छाकामना न्युज

१८, माघ २०८१
फुल्न थाल्यो गुराँस
images

अनिल पराजुली


हेटौँडा, माघ १८ गते ।
 मकवानपुरको भिमफेदी, सिमभञ्ज्याङ र दामन क्षेत्रमा गुराँस फुल्न सुरु भएको छ । पुस अन्तिमदेखि नै जिल्लाको विभिन्न स्थानमा गुराँस फुल्न थालेको हो । यहाँ विभिन्न प्रजातिको रातो, सेतो र घ्यू रङ्गको गुराँस पाइन्छ ।

समुद्री सतहबाट गुराँस एक हजार तीन सयदेखि चार हजार छ सय मिटरको उचाइमा गुराँस फुल्ने गर्दछ । लालीगुराँस साधारणतया माघ–फागुनदेखि वैशाख–जेठसम्म फुल्ने गर्छ । तर छिटो फुल्ने ठाउँमा पुस महिनामा पनि फुलेको देखिन्छ ।

दामनको मुख्य आकर्षणको रूपमा पनि रहेको यो फुल फुलेपछि डाँडाकाँडा नै रङ्गिन र मनमोहक हुन्छ । लालीगुराँसको बोट १० सेमीदेखि २० मिटरसम्म अग्लो हुन्छ । पातको लम्बाइ लगभग पाँचदेखि १५ सेमीसम्म हुन्छ । फूलको आकार औसत अरू फुलभन्दा केही ठुलो हुन्छ । घण्टीजस्तो देखिने १५ देखि २० वटा फुलका झुप्पा भई फुल्छ । रूखको उचाइ र आकार ठाउँअनुसार फरक हुन्छ । यो रातो, गुलाबी, सेतो आदि रङ्गको हुन्छ । पहाडी भू–भागमा यसको रूख मध्यमखालको हुन्छ भने उच्च पहाडी भागमा धेरै ठुलो र झ्याम्म परेको हुन्छ ।

राष्ट्रिय महत्त्वको गुराँसको फुल पेटसम्बन्धी औषधी र सज्जामा पनि प्रयोग हुने वनस्पति विज्ञ रघुराम पराजुलीले बताउनुभयो । नेपालका ४३ जिल्लामा ३३ प्रजातिको गुराँस पाइने गरेको एक अध्ययनले देखाएको छ । मकवानपुरमा पाइने गुराँसहरूको आवश्यक अध्ययन र संरक्षण हुन जरुरी रहेको वनस्पति विज्ञ पराजुलीको भनाइ छ ।

images
प्रकाशित मिति :माघ १८, २०८१ शुक्रवार - १०:४६:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology