Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तामाङ समुदायले मनाए ल्होछार : ‘पुस्तान्तरणको लागि संस्कृति जोगाउन आवश्यक’

तामाङ समुदायले मनाए ल्होछार : ‘पुस्तान्तरणको लागि संस्कृति जोगाउन आवश्यक’

इच्छाकामना न्युज

१८, माघ २०८१
तामाङ समुदायले मनाए ल्होछार : ‘पुस्तान्तरणको लागि संस्कृति जोगाउन आवश्यक’
images

भरतपुर । चितवनमा तामाङ समुदायले धुमधामका साथ सोनाम ल्होछार मनाएका छन् । भरतपुरमा भरतपुर तामाङ नगर समाजले भोजाडस्थित छेच्यु थर्पलिङ गुम्बामा भव्य कार्यक्रम आयोजना गरेर ल्होछार मनाएका हुन् । बिहीबार दिनभर विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेर ल्होछार मनाएका हुन् ।

images
images

तामाङ जातिको नयाँ वर्ष एवम् सांस्कृतिक पर्वको रुपमा रहेको सोनाम ल्होछारमा एकार्काबीच शुभकामना आदानप्रदान गरिनुका साथै ठूलाबडाबाट आशीर्वाद ग्रहण गरेका छन् । भरतपुर नगर तामाङ समाजका अध्यक्ष इन्जिनियर सूर्यप्रकाश लामाका अनुसार यसवर्ष तामाङहरुले गरूड वर्गलाई बिदाइ गर्दै सर्प (नाग) वर्गको स्वागत गरेर २८६१औँ सोनाम ल्होछार मनाएका हुन् ।

भरतपुर नगर तामाङ समाजले विगत १५ वर्षदेखि यही गुम्बामा नियमित ल्होछार मनाउँदै आएका छन् । ल्होछार पर्वले तामाङ जातिको अस्तित्व र पहिचान जोगाएको हुँदा यसलाई कालान्तरसम्म विशेष पर्वको रुपमा मनाउन आवश्यक रहेको उनले बताए ।

नेपाल तामाङ घेदुङ बागमती प्रदेश सचिवालय समितिका सदस्य श्रीप्रसाद तामाङले कुनै समय तामाङ जातिको अस्तित्व मेटाउने कानुन बनाएर राज्यले तामाङ जातिमाथि अन्याय गरेको बताए । पछिल्लो समय सरकार केही लचिलो भए पनि तामाङ जातिलाई विभिन्न खालका अवसरबाट वञ्चित गराउँदै आएको उनको आरोप थियो । ‘हामीलाई मासिन्या जात भनेर हाम्रो अस्तित्व नै मेटाउन राज्य नै लागेको थियो,’ उनले भने, ‘अहिले अवस्था केही फेरिएको छ । तैपनि हामीले पाउनुपर्ने अधिकार अझै पाउन सकेका छैनौँ ।’

त्यसको लागि देशभरका तामाङ जातिको आवाज एउटै हुनुपर्ने उनले बताए । आजको पुस्ताले संस्कृति नजोगाए भावी सन्ततिलाई आफ्नो पहिचान खोज्न मुस्किल पर्ने हुँदा यसलाई पुस्तान्तरणको लागि पुरानो पुस्ताले निरन्तरता दिनु आवश्यक रहेको उनको भनाइ छ । ‘सोनाम ल्होछार भनेको तामाङ जातिको पहिचान हो, अस्तित्व हो,’ उनले भने, ‘हाम्रा पूर्खाले हामीलाई सुम्पिएको सम्पत्तिको संरक्षण हामीले नै संरक्षण नगर्ने हो भने हामीपछिका पुस्ता समस्यामा पर्नेछन् । त्यसैले संस्कृति जोगाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ ।’

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गरेका थिए । ल्होछारको अवसरमा गुम्बा परिसरमा चित्रकला प्रदर्शनी, खुला रक्तदानलगायतका कार्यक्रमसमेत आयोजना गरिएको थियो । त्यसबाहेक तामाङ समुदायमा विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तिहरुलाई सम्मानसमेत गरेको थियो । भोजाडमा मात्र नभई तामाङ जातिको बसोवास रहेका बस्तीहरुमा धुमधामका साथ ल्होछार मनाएका छन् ।

images
प्रकाशित मिति :माघ १८, २०८१ शुक्रवार - १०:१४:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology