Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

किसानलाई सात दिने कृषि तालिम

किसानलाई सात दिने कृषि तालिम

images

इच्छाकामना न्युज

१७, माघ २०८१
किसानलाई सात दिने कृषि तालिम
images

गोरखा, माघ १७ गते । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कार्यान्वयन एकाइ गोरखाले सुन्तला जातको फलफूलको बगैंचा व्यवस्थापन सम्बन्धी सुन्तला खेती गर्ने किसानलाई तालिम दिएको छ । गोरखा र तनुहँको किसानका लागि गोरखा सदरमुकाममा एक हप्ते सुन्तला जात फलफूलको बगैंचा समबन्धी सुन्तला खेती गर्ने किसानलाई तालिम दिइएको कार्यालयका सूचना अधिकारी रबिन्द्र पौडेलले जानकारी दिनुभयो । 

"माघ ११ गतेबाट सञ्चालन भएको तालिममा गोरखा र तनुहँका २१ जना सुन्तला किसानको सहभागितमा तालिम सम्पन्न भएको छ", सूचना अधिकारी पौडेलले भन्नुभयो, “सुन्तला खेती गर्ने किसानलाई आवश्यक पर्ने सुन्तलाको बिरुवा काँटछाट, सिँचाइ मलखाद, व्यवस्थापन तथा रोग किरा व्यवस्थापन तथा नियन्त्रण गरिने विषयमा तालिम दिइएको हो ।

गोरखाको सुन्तला उत्पादन हुने पालिकाहरूमा पालुङटार नगरपालिका, आरुघाट गाउँपालिका, अजिरकोटगाउँपालिका, सिराचनोक गाउँपालिका, गण्डकी गाउँपालिका, सहिद लखन गाउँपालिका र भिमसेन थापा गाउँपालिका रहेका छन् भने तनुहँको बन्दीपुर र देवघाट गाउँपालिकाका सुन्तला किसानहरू तालिममा सहभागी भएका परियोजनाले जानकारी दिएको छ । 

एक हप्ते तालिममा बगैंचा भएका किसानहरूलाई व्यवस्थापन र नभएका किसानहरूलाई बगैँचा निर्माण सम्बन्धी आवश्यक तालिमले दुई जिल्लामा सुन्तला उत्पादनमा वृद्धि हुनुका साथै एक हप्ते तालिमले हौसाला प्रदान गरेको सुन्तला किसान दिपेन्द्र बुढाथोकीको भनाइ छ ।  

तालिममा नयाँ किसानहरूका लागि सुन्तला उत्पादन पछिको बजारीकरणको बारेमा पनि प्रशिक्षण गराइएको बताइएको छ । तालिमको अन्तिम दिन बिहीबार तालिममा सहभागी २१ जना सुन्तला किसानलाई प्रयोगत्माक विधिमार्फत् बिरुवा काटछाँट, छापो राख्ने तथा बिरुवामा लागेको रोग र किराको पहिचान गरी विषाधी साथै भिटामिन प्रयोग गरिएको गोरखा नगरपालिका–९ भट्टबेशीका सुन्तला किसान दिपबहादुर आलेले बताउनुभयो ।

images
प्रकाशित मिति :माघ १७, २०८१ बिहिवार - १८:१२:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology