Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

ओखलढुंगामा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु

ओखलढुंगामा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु

images

इच्छाकामना न्युज

१७, माघ २०८१
ओखलढुंगामा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु
images

खोटाङ । ओखलढुंगामा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । खोटाङबाट काठमाडौँ जाँदै गरेको ना १ ज ६४२१ नम्बरको सुमो ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिका–७ भडारेखोलामा बुधबार राति दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार आगोले घाइते भएकी केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया मायादेवी गुरुङलाई उपचारका लागि काठमाडौँ लैजाने क्रममा उनीसहित उनका छोरा २८ वर्षीय पूजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाकी ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको हो ।

सुमो चालक सुनसरी इनरुवा नगरपालिका–२ का २२ वर्षीय अनिल पण्डित फरार रहेको प्रहरीले जनाएको छ । ‘बिरामीलाई लिएर काठमाडौँ लैजाने क्रममा राति दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको हो, तर कति बजे भन्ने चाहिँ खुलिसकेको छैन,' विष्टले भने, ‘उनीहरूको शव पोस्टमार्टमका लागि जिल्ला ल्याइँदै छ ।'

images
प्रकाशित मिति :माघ १७, २०८१ बिहिवार - १८:०५:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology