Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बागमती प्रदेश प्रमुख देवकोटाद्धारा सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त

बागमती प्रदेश प्रमुख देवकोटाद्धारा सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त

इच्छाकामना न्युज

१७, माघ २०८१
बागमती प्रदेश प्रमुख देवकोटाद्धारा सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त
images

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज विहीबार परेको सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । “सोनाम ल्होसार २०८१ को अवसरमा बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु” देवकोटाको शुभकामना सन्देशमा भनिएको छ ।

images
images

नेपालमा खासगरी मध्य भागको हिमाली, उच्च पहाडी र पहाडी भुभागमा बसोबास गर्ने संस्कृतिका धनी तामाङ समुदायले सोनाम ल्होसार पर्वलाई नाचगान, आफन्त भेटघाट र खानपिन गरेर रमाइलोका साथ मनाउने प्रचलन छ । यो पर्वमा कुलपूजा र प्रकृति पूजा गर्ने परम्परा छ । चेलीबेटी बोलाएर टीका लगाइदिने गरिन्छ । परम्परागत पहिरनले सजिएर एक ठाँउमा भेला भै तामाङ्सेलो नाच प्रस्तुत गरिन्छ ।

घर बस्तिहरू सफा राख्नुका साथै बुद्धका तस्बिर अङ्कित ध्वजापताका टाँगेर भगवान बुद्धप्रति श्रद्धाभाव प्रकट गरिन्छ । गुम्बा, चैत्यहरूमा पूजा गरिन्छ । बौद्ध परम्पराका रितिरिवाजलाई आधार मानी हासीखुसीका साथ ल्होसार मनाइन्छ । प्रदेश प्रमुख देवकोटाले चाडपर्वहरू साँस्कृतिक सम्पन्नताका परिचायक भएको उल्लेख गर्नुहुँदै यस्ता पर्वहरूले एकता, मेलमिलाप, शान्ति र सौहार्दता अभिबृद्धिमा सघाउ पुर्याउने सन्देशमा उल्लेख गर्नु भएको छ ।

“हाम्रा चाडपर्वहरू सभ्य, सुखी र समृद्ध जीवनका आधारस्तम्भ हुन्” शुभकामना सन्देशमा भनिएको छ“ सोनाम ल्होसारले तामाङ समुदायलगायत सम्पूर्ण नेपालीमा सकारात्मकता र उल्लास भित्र्याउन सफल रहोस् ।”

images
प्रकाशित मिति :माघ १७, २०८१ बिहिवार - ०९:१८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology