Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चेपाङ संघद्वारा जुगेडी संघर्षका पहिलो चेपाङ सहिद परिवारलाई सम्मान

चेपाङ संघद्वारा जुगेडी संघर्षका पहिलो चेपाङ सहिद परिवारलाई सम्मान

इच्छाकामना न्युज

१६, माघ २०८१
चेपाङ संघद्वारा जुगेडी संघर्षका पहिलो चेपाङ सहिद परिवारलाई सम्मान
images

हपनी । नेपाल चेपाङ संघ केन्द्रीय कार्यकारिणी समितिले जुगेडी संघर्षका सहिद परिवारलाई सम्मान गरेको छ । बिहिबार परेको सहिद दिवसको अवसर पारेर इच्छाकामना २ स्थित हपनीमा एक कार्यक्रमको आयोजना गरि जुगेडी संघर्षमा परि चेपाङ समुदायबाट पहिलो सहिद हुने सन्त बहादुर चेपाङ र  दशरथ चेपाङका परिवारलाई सम्मान गरेको हो ।  

images
images

संघले हपनीमा नै पुगेर  सहिद  दशरथ चेपाङको जेठो छोरा किष्ट बहादुर चेपाङ र माइलो छोरा सुक्र  बहादुर चेपाङ र अर्का सहिद  सन्त बहादुर चेपाङका  छोरा वकिल चेपाङलाई  एक कार्यक्रमका बिच दोसल्ला ओढाएर र सम्मानपत्र सहित सम्मान गरिएको नेपाल चेपाङ सङ्घका केन्द्रिय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो । 

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, वडाध्यक्ष पञ्च बहादुर चेपाङ लगायत चेपाङ समुदायका अगुवाहरुको उपस्थितिमा सम्मान गरिएको उहाँले  बताउनुभयो ।  

राजपत्रमा उल्लेख भएअनुसार सन्तबहादुर र दशरथको साहदत  वि.स. २०३४ साल असार ७ गते भएको हो  । पञ्चायतकाल विरुद्ध चितवनको  जुगेडीमा भएको संघर्षमा सामेल हुँदा उहाँहरु सहिद हुनुभएको थियो । लोकतान्त्रिक गणतन्त्र घोषणा पश्चात  दुबै जनालाई  सहिद घोषणा गर्ने निर्णय सरकारले २०६५ सालको पुस ९ मा गरेको राजपत्रमा विवरण छ । 

दशरथ चेपाङ र सन्त बहादुर चेपाङलाई सहिद घोषणा गरेपनि राज्यले उहाँहरुको परिवारको शिक्षा स्वास्थ्य लगायत पालनपोषणमा  सहयोग नगरेको बताउनुभयो । सहिद परिवारहरुको आर्थिक अवस्था कमजोर भएकाले राज्यले तत्काल सहयोग गर्न आवश्यक रहेको उहाँको भनाई छ ।  साथै  चेपाङ सहिदको सम्मानका लागि  फिस्लिङ– शक्तिखोर सडकलाई चेपाङ सहिद मार्ग राख्नुपर्ने चेपाङ संको माग रहेको पनि उहाँले बताउनुभयो । 

सो अवसरमा वागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले सहिदको परिवारका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । साथै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले पनि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रविद्धता जनाउनुभएको थियो । 

images
प्रकाशित मिति :माघ १६, २०८१ बुधवार - २१:५२:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology