Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

इच्छाकामना गाउँपालिकाद्वारा सहिद परिवारलाई नगद सहित सम्मान

इच्छाकामना गाउँपालिकाद्वारा सहिद परिवारलाई नगद सहित सम्मान

इच्छाकामना न्युज

१६, माघ २०८१
इच्छाकामना गाउँपालिकाद्वारा सहिद परिवारलाई नगद सहित सम्मान

हपनी । चितवनको इच्छाकामना गाउँपालिकाले सहिद परिवारलाई नगद सहित सम्मान गरेको छ । बिहिबार परेको सहिद दिवसको अवसर पारेर इच्छाकामना २ स्थित हपनीमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका भित्र रहेका सहिदका परिवारहरुलाई नगद सहित सम्मान गरेको हो ।

images

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सहिद सम्मान कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल प्रमुख अतिथि रहनुभएको थियो । 

1e19c0e7-f047-4f3f-a919-6031af71cd78.jpeg

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सहिदहरुको योगदान प्रति स्मरण गर्नुभयो । उहाँले सहिदहरुको योगदानकै कारण देश परिवर्तन भै आजको अवस्थासम्म आउन सम्भव भएको बताउदै सहिदको योगदान भुल्न नहुने बताउनुभयो । साथै उहाँले सहिदको परिवारको उचित शिक्षा दिक्षा र पालनपोषणको लागि प्रदेश सरकार सधै लागिपर्ने बताउनुभयो ।

9130b9b7-5d6a-4280-b4f3-6c39dfc1c369.jpeg

यस्तै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिकाले राज्यले घोषणा गरेको पालिका भित्रका सहिदहरुको सूचि तयार पारेर पहिलो पटक गाउँपालिकाले सहिदका परिवारहरुलाई सम्मान गरेको बताउनुभयो । गाउँपालिकाले प्रति परिवार नगद ५ हजार सहित सम्मान गर्न सुरुवात गरिएको उहाँले बताउनुभयो । साथै आगामी दिनमा सहिद परिवारको सम्मान गर्दै उनीहरुको आवश्यकतालाई सम्बोधन गरिने बताउनुभयो ।

4f7cb769-4d85-4e15-a33e-4e1b9fa52e21.jpeg

गाउँपालिकाले २०३४ सालको चर्चित जुगेडी काण्डका सहिद वडा नं. २ का दशरथ चेपाङ, सन्त बहादुर चेपाङ, चन्द्र बहादुर चेपाङका साथै जनयुद्धका सहित वडा नं. २ का जीवन बुढाथोकी र वडा नं. ३ का चन्द्र बहादुर गुरुङ (दिपेश) को परिवारलाई सम्मान गरिएको हो ।

images
प्रकाशित मिति :माघ १६, २०८१ बुधवार - २१:२७:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology