Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

देवघाटका ६४८ जना किशोरीलाई एचपिभि खोप लगाइने

देवघाटका ६४८ जना किशोरीलाई एचपिभि खोप लगाइने

इच्छाकामना न्युज

१५, माघ २०८१
देवघाटका ६४८ जना किशोरीलाई एचपिभि खोप लगाइने

देवघाट, माघ १५ । देवघाट गाउँपालिकाका ६४८ जना किशोरीलाई एचपिभि खोप लगाइने भएको छ । आगामी माघ २२ देखी २५ गतेसम्म देवघाटका कक्षा ६ देखी १० सम्म विद्यालयमा अध्ययन गर्ने ६४८ तथा विद्यालय नजाने १० देखी १४ वर्ष उमेर सम्मका ९ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर निवारण गर्ने एचपिभी खोप लगाईने भएको छ ।

images

उक्त खोप कार्यक्रमको सबै तयारी पुरा भएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले बताए । यसकोलागि सबै स्वास्थ्यकर्मीलाई अभिमुखीकरकण कार्यक्रम समपन्न भईसकेको बुढाथोकीले जानकारी दिए ।

देवघाट गाउँपालिकाका ५ वटा वडाका १७ वटा खोप केन्द्रमा कक्षा ६ मा अध्ययन गर्ने १३० जना तथा कक्षा ७ देखी १० सम्म अध्ययन गर्ने ५१८ जना गरि ६४८ जना किशोरीलाई एचपिभि खोप लगाइने बुढाथोकीले बताए । त्यस्तै विद्यालय नजाने ९ जना किशोरीलाई नजिकैको स्वास्थ्य संस्थामा उक्त खोप लगाइने छ । उक्त कार्यकोलागि १७ जना स्वास्थ्यकर्मी र ३४ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने बुढाथोकीले बताए ।

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका अनुसार तनहुँमा विद्यालय जाने १० देखी १४ वर्ष उमेर सम्मका किशोरीको संख्या १४ हजार ७८ र विद्यालय नजाने उक्त उमेर समुहका २ सय जनालाई उक्त खोप लगाइने भएको छ ।

नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलामा पाठेघरको क्यान्सर हुने, त्यसमध्ये १ हजार ३१३ जनाको उक्त रोगको कारण मृत्यु हुने गर्छ । हरेक दिन ४ जना महिलाको पाठेघरको क्यान्सरको कारण मृत्यु हुने गरेपछि सरकारले १० देखी १४ वर्ष उमेरसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप लगाउने नीति ल्याएको हो ।

images
प्रकाशित मिति :माघ १५, २०८१ मंगलवार - २२:२४:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology