Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

शहिद लखन गाउँपालिकाले सर्वाेकृष्ट र उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने

शहिद लखन गाउँपालिकाले सर्वाेकृष्ट र उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने

इच्छाकामना न्युज

१५, माघ २०८१
शहिद लखन गाउँपालिकाले सर्वाेकृष्ट र उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने

गोरखा । शहिद लखन गाउँपालिकाले पालिकाभित्रका सर्वाेकृष्ट र उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने भएको छ । कृषि र पशुपन्छी तथा माछापालनतर्फ प्रत्येक वडाबाट एक/एक जनाका दरले उत्कृष्ट कृषक छनोट गरी पुरस्कृत गर्न लागिएको पालिकाले जनाएको छ ।

images

पालिकाको चालु आर्थिक बर्षको उत्कृष्ट कृषक छनोट र पुरस्कार वितरण कार्यक्रम अन्तरगत कृषकलाई पुरस्कृत गर्न लागिएको कृषि शाखा प्रमुख नविन अधिकारीले बताए । ‘प्रत्येक वडाबाट एकजना कृषितर्फ र एकजना पुशपन्छी तथा माछापालनतर्फ गरी ९/९ जना उत्कृष्ट कृषक छनोट गर्छौँ,’ उनले भने, ‘उहाँहरुमध्येबाट एक/एक जना सर्वाेकृष्ट कृषक पनि छनोट हुन्छ ।’

फागुन २ गते नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृति दिवसको अवसरमा उनीहरुलाई नगद सहित पुरस्कृत गरिने उनले जानकारी दिए ।उत्कृष्ट कृषक छनोटका लागि पालिकाले मापदण्ड समेत तयार पारेको छ । बालीको हकमा कम्तिमा दश रोपनी क्षेत्रफलमा खेती गरेको हुनुपर्ने कृषि अधिकृत अधिकारीले बताए । ‘मौरी पालनको हकमा कम्तिमा २० वटा घारमा मौरी पालेको हुनुपर्छ,’ उनले भने, ‘च्याउको हकमा भने कम्तिमा चार वटा डुम हाउसमा खेती गरेको हुनुपर्छ ।’

तरकारी बालीको हकमा कम्तिमा तीन रोपनी क्षेत्रफलमा खेती गरेको हुनुपर्ने उनले जानकारी दिए । उनका अनुसार बाख्रा पालनको हकमा कम्तिमा १५ वटा र कुखुराको हकमा कम्तिमा ५ सय वटा कुखुरा पालेको हुनुपर्ने मापदण्ड बनाइएको छ । माछा पालनको हकमा भने कम्तिमा एउटा पोखरी हुनुपर्ने बताइएको छ । सोमवार सार्वजनिक सूचना प्रकाशन गर्दै पालिकाले इच्छुक किसानलाई सात दिनभित्र सम्बन्धित वडा वा पालिकाको कृषि तथा पशु शाखाको कार्यालयमा निवदेन दिन आग्रह समेत गरेको छ ।

निवेदनको साथमा नागरिकताको प्रतिलिपि, जग्गाधनीको प्रमाण पत्रको प्रतिलिपि, वडाध्यक्ष र कृषि सम्बन्धी वडाको कृषि प्राविधिकबाट विवरण ठिक साँचो हो भन्ने सिफारिस पत्र, खेती गरिएको जग्गा वा पशुपन्छी फर्मसँगै कृषक स्वयम बसेको फोटो (कम्तिमा चारप्रति) र कम्तिमा पाँच जना छिमेकीहरुको सर्जमिन मुचुल्का बुझाउन पनि पालिकाले आग्रह गरेको छ । निवेदनको आधारमा कृषि र पशु सेवा शाखाका प्राविधिकहरुले अनुगमन गरेर दिएको अंकको आधारमा उत्कृष्ट कृषक छनोट हुने बताइएको छ ।

images
प्रकाशित मिति :माघ १५, २०८१ मंगलवार - १४:०१:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology