Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

प्रेस चौतारी चितवनको आठौं अधिवेशन माघ २६ गते हुने

प्रेस चौतारी चितवनको आठौं अधिवेशन माघ २६ गते हुने

images

इच्छाकामना न्युज

१५, माघ २०८१
प्रेस चौतारी चितवनको आठौं अधिवेशन माघ २६ गते हुने
images

चितवन। श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको आठौं जिल्ला अधिवेशन आगामी माघ २६ गते शनिवार हुने भएको छ । प्रेस चौतारी चितवन जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन माघ २६ गते गर्ने निर्णय गरेको संगठनका सचिव ध्रुवराज खनालले जानकारी दिए । उनका अनुसार अधिवेशन हुने स्थलको तय टुंगो लाग्न बाँकी छ । चौतारी जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्ला अध्यक्ष सुवास पण्डितको संयोजकत्वमा सबै पदाधिकारी तथा कार्यसमिति सदस्य रहेको मूल अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

यस्तैं, अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । सचिव ध्रुव खनाल संयोजक तथा कुल काफ्ले र सञ्जय चौधरी सदस्य रहेको प्रतिनिधी व्यवस्थापन उपसमिति, कार्यसमिति सदस्य विनय आचार्य संयोजक तथा रविना पौडेल र सरोज खनाल सदस्य रहेको खाना खाजा व्यवस्थापन उपसमिति, उपाध्यक्ष शान्ता अधिकारी संयोजक तथा हिरालाल आचार्य र गीता घिमिरे सदस्य रहेको अतिथि सत्कार उपसमिति, उपाध्यक्ष कृष्ण आचार्य संयोजक तथा लक्ष्मण सापकोटा र निरुता वि.क. सदस्य रहेको सचिवालय व्यवस्थापन उपसमिति, कोषाध्यक्ष बद्रीप्रसाद अर्याल संयोजक तथा हेमराज रिमाल र विनय आचार्य सदस्य रहेको आर्थिक व्यवस्थापन उपसमिति, सहसचिव रविना पौडेल संयोजक तथा हिरालाल आचार्य र रामेश्वर रिजाल सदस्य रहेको सञ्चार सम्पर्क उपसमिति, कोषाध्यक्ष बद्री अर्याल संयोजक तथा मिरा रानाभाट र सविना पौडेल सदस्य रहेको सदस्यता नविकरण उपसमिति गठन गरिएको छ ।

सदस्यतको नविकरणका लागि १ साताको समय दिइएको छ । यस्तैं, आर्थिक प्रतिवेदन लेखनका लागि कोषाध्यक्ष बद्री अर्याल, सांगठनिक प्रतिवेदन सचिव ध्रुवराज खनाल र प्रगति प्रतिवेदन अध्यक्ष सुवास पण्डितलाई लेख्न जिम्मेवारी प्रदान गरिएको छ । प्रेस चौतारी चितवनले स्थापना गरेका विभिन्न चारवटा पत्रकारिता पुरस्कार वितरणका लागि कार्यविधी अनुसारका समितिहरु गठन गरिएका छन् ।

चौतारी चितवनले २० हजार राशीको शारदा-तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार, स्वर्गीय द्धारिका नेपालको स्मृतिमा स्थापना गरिएको ११ हजार १ सय ११ रुपैयाँको स्मृति पुरस्कार, जनही १०/१० हजारका दरले दुई जनालाई जोखिम पत्रकारिता पुरस्कार तथा चितवनका विभिन्न कलेजमा पत्रकारिकता विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई जनही १०/१० हजार राशीको प्रेस चौतारी चितवन शैक्षिक प्रतिभा पुरस्कार स्थापना गरेको छ । चौतारी चितवनको बैठकले नेपालकै पहिलो प्रेस चौतारीको भवन बनाउने क्रम जारी रहेकोले भवन निर्माणमा सहयोग गर्ने विभिन्न पक्षलाई धन्यवाद दिएको छ ।

साथै, बैठकले पत्रकार महासंघको निर्वाचनमा संगठनका तर्फबाट उम्मेदवार बनेर सर्वसम्मत तथा विजयी हुने उपाध्यक्षहरु दीपेन्द्र अधिकारी, शान्ता अधिकारी, सचिव राजेश घिमिरे, सहसचिव रविना पौडेल, कोषाध्यक्ष कृष्ण आचार्य, सदस्यहरु रोहिणी त्रिपाठी, बद्रीप्रसाद अर्याल, हेमराज रिमाल, कुल काफ्ले, सुनिलकुमार श्रेष्ठ, सरोज उपरकोटी, प्रदेश महासचिवमा निर्वाचित पूर्व अध्यक्ष राधेश्याम खतिवडा, केन्द्रीय प्रतिनिधीहरु शालिग्राम नेपाल, प्रतिमा सिलवाल र तिलकराम रिमाल तथा प्रदेश प्रतिनिधीमा निर्वाचित कृष्णप्रसाद खनाल, लक्ष्मण गौतम, अमिर रामदाम, गीता घिमिरे दराई, निरुता वि.क. पूजा ढकाल, प्रतिमा तामाङलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

images
प्रकाशित मिति :माघ १५, २०८१ मंगलवार - ०७:२१:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology