काठमाडौं । आज तीनवटा प्रदेशमा आंशिक बदली रही अन्यत्र मौसम सफा रहने पूर्वानुमान छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव छ। सोही कारण आज दिउँसो कोशी, वागमती र गण्डकीका हिमाली र पहाडी भेगमा आंशिक बदली रही अन्य सबै क्षेत्रमा मौसम सफा रहने छ।
आज राति पनि कोशी, वागमती र गण्डकीका हिमाली र पहाडी भेगमा आंशिक बदली रही अन्य सबै क्षेत्रमा मौसम सफा रहने छ। देशभरको तराईमा मौसम सफा रहने पूर्वानुमान छ।