Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सौर्यमण्डलका ६ वटा ग्रह एकैसाथ अवलोकन गर्न सकिने

सौर्यमण्डलका ६ वटा ग्रह एकैसाथ अवलोकन गर्न सकिने

images

इच्छाकामना न्युज

१४, माघ २०८१
सौर्यमण्डलका ६ वटा ग्रह एकैसाथ अवलोकन गर्न सकिने
images

काठमाण्डौ । सौर्यमण्डलमा रहेका ६ वटा ग्रह पृथ्वीबाट एकसाथ अवलोकन गर्न सकिने भएको छ । सौर्यमण्डलका मुख्य चम्किला ग्रहहरू शुक्र, मङ्गल, वृहस्पति, शनि, अरुण र वरुण एकसाथ खाली आँखाले अवलोकन गर्न सकिने भएको हो ।

यी ग्रहहरु आजदेखि यही माघको तेस्रो हप्तासम्म आकाशको एउटै भागमा खाली आँखाले अवलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति कीर्तिपुरका कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार सूर्य अस्ताउने बित्तिकै दक्षिण पश्चिम दिशादेखि उत्तर पूर्व दिशामा सफा आकाशमा सहजरूपमा देख्न सकिनेछ । शनि, शुक्र, वृहस्पति र मङ्गललाई नाङ्गो आँखाले स्पष्ट देख्न सकिने छ भने अरुण र वरुण मधुरो देखिनेछन्, तर दुरबिनको सहायताले भने छ वटै ग्रहलाई स्पष्ट देख्न सकिने उहाँले बताउनुभयो ।

ग्रहहरुको पङ्क्तिमा बुध ग्रह पनि रहेको भए पनि सूर्यको अत्यधिक प्रकाशका कारण स्पष्ट देख्न भने सकिँदैन । यो दुर्लभ क्षण नेपालसहित विश्वका उत्तरी धुव्रमा पर्ने धेरै ठाउँबाट देख्न सकिने शर्माले जानकारी दिनुभयो ।

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुरमा आज बेलुकी ६ बजेदेखि ८ बजेसम्म टेलिस्कोपको सहायताले यी ग्रहहरूलाई निःशुल्क अवलोकन गर्न सकिन्छ ।

images
प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - १०:०१:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology