Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नवलपुरमा तोरीखेतीमा किसानको आकर्षण बढ्यो

नवलपुरमा तोरीखेतीमा किसानको आकर्षण बढ्यो

इच्छाकामना न्युज

१२, माघ २०८१
नवलपुरमा तोरीखेतीमा किसानको आकर्षण बढ्यो
images

नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पूर्वका किसान तोरी खेतीमा आकर्षित भएका छन्। केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको छ।

images
images

अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरी खेतीमा आकर्षित भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए।

 

यो वर्ष जिल्लामा एक हजार १९४ हेक्टर क्षेत्रमा तोरी बाली लगाइएको उनले बताए। गत वर्ष जिल्लामा एक हजार १७८ हेक्टर क्षेत्रमा तोरी खेती गरिएको थियो। गत वर्षभन्दा यो वर्ष थप १६ हेक्टर क्षेत्रमा तोरी खेती विस्तार भएको प्रमुख तिवारी जानकारी दिए।

‘गत आर्थिक वर्ष २०८०र८१ मा एक हजार १७८ हेक्टर क्षेत्रफलमा तोरी खेती हुँदा एक हजार २८३ मेट्रिक टन उत्पादन भएको थियो’, ‘आव २०७९/८० मा एक हजार दुई सय ८५ मेट्रिकटन तोरी उत्पादन भएको थियो’, उनले भने।

जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिका क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ। प्रतिहेक्टर १।०८ मेट्रिक टनले उत्पादन हुने गरेको तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताए।

‘तोरी बाली लगाउन पनि सजिलो, खासै दुःख पनि नहुने भएकाले जिल्लामा तोरी खेती फस्टाएको छ’, उनले भने, ‘तोरी खेती बढ्नुको मुख्य कुरा भनेको मूल्य बढ्दै जानु र बजारमा आएका तेलमा मिसावट भएका कारणले जिल्लामा तोरी खेती गर्नेतर्फ किसानको आकर्षण बढ्दै गएको हो।’

८० देखि ९० दिनमा तोरी खेती तयार हुन्छ। आफैँले उत्पादन गरेको तोरीको तेल गुणस्तरीय हुने र पिनासमेत मलको रूपमा प्रयोग गर्न पाइने भएकाले पनि किसान तोरी खेतीप्रति आकर्षित भएका छन्।

बर्सौँदेखि तोरी खेती लगाउँदै आएका कावासोती नगरपालिका- १५ का धनपति अधिकारीले घरमा वर्षभरि खान र केही बेच्न पनि पुग्नेगरी तोरी लगाएको बताए। ‘दुई तीन वर्षदेखि गाउँ घरमा पनि तोरीको माग बढेको छ’, उनले भने, ‘घरका लागि पनि स्वस्थ तेल प्रयोगका लागि बर्सेनी खेती गरेकोमा केही वर्षदेखि गाउँ घरमै बिक्रीका लागि पनि धेरै लगाउने गरेका छौँ।’

images
प्रकाशित मिति :माघ १२, २०८१ शनिवार - ०८:४२:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology