Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

खुम्बुमा हेलिप्याडमा भएको अवरोध हटाउने सहमति

खुम्बुमा हेलिप्याडमा भएको अवरोध हटाउने सहमति

images

इच्छाकामना न्युज

११, माघ २०८१
खुम्बुमा हेलिप्याडमा भएको अवरोध हटाउने सहमति
images

सोलुखुम्बु । खुम्बु क्षेत्रमा लामो समयदेखि अवरुद्ध हेलिकप्टर उडान पुन: गराउनका लागि हेलिप्याडहरुमा भएको अjरोध तत्काल हटाइने भएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गाउँपालिका, राष्ट्रिय निकुन्ज र हेलिकप्टर कम्प्नीका संचालकहरुको समन्वय बैठकमा हेलिप्याडमा भएको अवरोध हटाउन गाउँपालिकाले तत्काल पहल थाल्ने सहमति भएको हो ।

निकुन्ज क्षेत्रमा हेलिकप्टर उडानमा प्रतिबन्ध फुकाउन सगरमाथा राष्ट्रिय निकुन्ज तयार भए पनि खुम्बुपासाङल्हमु गाउँपालिकाले निकुन्जको निर्णयमा फरक मत राख्दै उडान भर्न नदिने अडान राखेको थियो ।

शुक्रबारको समन्वय बैठकपछि खुम्बु क्षेत्रका सबै हेलिप्याडमा भएको अवरोध हटाउन गाउँपालिकाले पहल गर्ने निर्णय भएको प्रजिअ अनोजकुमार घिमिरेले बताए । गाउँपालिका अध्यक्ष मिङ्माछिरि शेर्पा, राष्ट्रिय निकुन्जका संरक्षण अधिकृत सुष्मा राना, जिल्लाका सबै सुरक्षा निकायका प्रमुख र एक दर्जन वायु सेवा कम्पनीका संचालकहरु सम्मिलित बैठकमा हेलिप्याडमा रहेको अवरोध हट्नेबित्तिकै हेलिकम्पनीहरुले रेस्क्यु फ्लाईट संचालन गर्ने निर्णय भएको छ ।

त्यस्तै समन्वय बैठकमा गाउँपालिकाले १५ दिनभित्र स्थानीयहरुसँग छलफल गरी अन्य उडान संचालनको निर्णयमा पुग्ने सहमति भएको छ ।

images
प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - १९:२६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology