Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाको शिक्षा शाखामा तालाबन्दी प्रति शिक्षक सगठनको आपत्ति

इच्छाकामनाको शिक्षा शाखामा तालाबन्दी प्रति शिक्षक सगठनको आपत्ति

इच्छाकामना न्युज

१०, माघ २०८१
इच्छाकामनाको शिक्षा शाखामा तालाबन्दी प्रति शिक्षक सगठनको आपत्ति
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाको शिक्षा शाखामा नेपाली काँग्रेस निकट शिक्षकहरुको संस्था नेपाल शिक्षक संघले लगाएको तालाबन्दी प्रति नेपाल राष्ट्रिय शिक्षक संगठन इच्छाकामनाले आपत्ति प्रकट गरेको छ । बिहिबार बिहानै एक प्रेसविज्ञप्ती जारी गर्दै उक्त घटना प्रति आफ्नो संगठनको ध्यानाकर्षण भएको जानकारी गराउदै संगठनले आपत्ति प्रकट गरेको हो ।

images
images

संगठनका अध्यक्ष सुजन सापकोटा, उपाध्यक्ष देव बहादुर गुरुङ र टप कुमारी श्रेष्ठ तथा सचिव राजु त्रिपाठीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नियमसंगत भए गरेको कार्यलाई अराजक शैलीमा विषयलाई अतिरंजित गरि सेवा प्रवाहमा अवरोध पुर्‍याई शिक्षामा राजनिति गर्ने प्रयास भएकोमा संगठनको ध्यानाकर्षण भएको जनाईएको छ ।

हेर्नुस् विज्ञप्ति

 

images
प्रकाशित मिति :माघ १०, २०८१ बिहिवार - ०८:५६:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology