Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

माडीमा गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु

माडीमा गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु

images
माडीमा गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु
images

चितवन ।माडी नगरपालिका–१ ध्रुव चोकमा माघ ३ गते गैंडाको आक्रमणमा परी गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा आज (बुधवार) बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–५ विकास चोक बस्ने ५५ वर्षीय शिवराज भण्डारी रहेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ६ः२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बागमती प्रदेश०६–००३ प ४३३९ नम्बरको मोटरसाइकलमा भरतपुरबाट माडीतर्फ जाँदै गरेका भण्डारीलाई माघ ३ गते दिउँसो साढे २ बजेको समयमा गैंडाले आक्रमण गरेको थियो । गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई सुरुमा भरतपुर अस्पताल पठाइएको थियो ।

थप उपचारको लागि उनलाई चितवन मेडिकल कलेज लगिएको थियो । घटना भएको छ दिनपछि उनको उपचारको क्रममा मृत्यु भएको हो ।

 

images
प्रकाशित मिति :माघ ९, २०८१ बुधवार - ०९:१७:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology