Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

युके, अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

युके, अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

images
युके, अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
images

काठमाडौं, माघ ८ गते । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाग्लुङ ताराखोला गाउँपालिका–३ घर भई काठमाडौं सामाखुशी बस्ने ३४ वर्षीय तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ घर भई काठमाडौं बल्खु बस्ने ३६ वर्षीय हरिबहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ घर भई काठमाडौं बानियाटार बस्ने ३४ वर्षीया जमुना परियार रहेका छन् ।

पक्राउ मध्ये तिलकले युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट एक लाख, हरिले अमेरिका पठाइदिन्छु भन्दै दुई जना पीडितबाट दुई लाख र जमुनाले अस्ट्रेलिया पठाइदिन्छु भन्दै तीन जना पीडितबाट २८ लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तिलकलाई आइतबार तथा हरि र जमुनालाई सोमबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

images
प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - १९:१२:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology