Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

चितवन महोत्सवमा आज अन्तर मावि स्तरीय नृत्य प्रतियोगिता, साँस्कृतिक कार्यक्रम पनि हुने

चितवन महोत्सवमा आज अन्तर मावि स्तरीय नृत्य प्रतियोगिता, साँस्कृतिक कार्यक्रम पनि हुने

images
चितवन महोत्सवमा आज अन्तर मावि स्तरीय नृत्य प्रतियोगिता, साँस्कृतिक कार्यक्रम पनि हुने
images

चितवन, ६ माघ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ ९उवासंघ० चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।

महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको एघारौं दिन आज माघ ६ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।

महोत्सव सांस्कृतिक समिति संयोजक नारायण प्रधानका अनुसार हिजोबाट सुरु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता आज पनि जारी रहने छ । दोहोरी प्रतियोगिताको फाइनल माघ ८ गते हुने छ । त्यसैगरी आज कलाकार रिता थापा मगर र जादुगर बलराम सरकारको विशेष प्रस्तुती रहने छ ।

त्यसैगरी आज नै अन्तर माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुँदैछ ।त्यसैगरी नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, थारु कल्याणकारी सभा चितवन, नेपाल दराइ उत्थान चितवन, प्रतिभा मञ्च विजेता कावासोती, भुजेल सेवा समिति चितवन र केडि डान्स सेन्टर नारायणगढको प्रस्तुती रहने छ । पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ ।

महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । चितवन महोत्सव अन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ ।

फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ । फुड फेस्बिटलमा समेत विविधि सांस्कृतिक कार्यक्रम भइरहेको छ ।A

images
प्रकाशित मिति :माघ ६, २०८१ आइतवार - ०९:५४:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology