Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित

नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित

images
नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित
images

काठमाडौँ, माघ ५ गते । नेपालले मलेसियाका जारी आइसिसी यु–१८ महिला टी–२० विश्वकपमा खराब सुरुवात गरेको छ ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा शनिबार भएको समूहको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भयो । जितका लागि ५३ रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले १३.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

बङ्गलादेशका लागि सदिन इस्लामले सर्वाधिक १६ रन बनाउनुभयो । कप्तान सुमैक्या अख्तरले १२ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।बलिङमा रचना चौधरी, रिया शर्मा, सिमाना केसी र कप्तान पूजा महतोले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १८.२ ओभरमा सवै विकेटको क्षतिमा ५२ रनममा समेटिएको थियो । नेपालका लागि साना प्रविनले सर्वाधिक १९ रन बनाउनुभयो । सिमाना केसीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

नेपाललाई सस्तैमा समेट्न बङ्गलादेशकी जन्नातुल मोउआले दुई तथा निशिता अख्तर निशी, फहोमिदा चोया, मस्ट अनिशा अख्तर सोबाले एक एक विकेट लिनुभयो । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।

यस समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् । नेपालले समूह चरणको दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ । तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।  

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् । त्यस्तै समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् । 

images
प्रकाशित मिति :माघ ५, २०८१ शनिवार - १६:५२:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology