Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन महोत्सवमा आजबाट राष्ट्रिय लोक तथा दोहोरी प्रतियोगिता हुने

चितवन महोत्सवमा आजबाट राष्ट्रिय लोक तथा दोहोरी प्रतियोगिता हुने

चितवन महोत्सवमा आजबाट राष्ट्रिय लोक तथा दोहोरी प्रतियोगिता हुने
images

चितवन, ५ माघ । उद्योग वाणिज्य संघ ९उवासंघ० चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।

images
images

महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् ।

महोत्सवको दशौं दिन आज माघ ५ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीका अनुसार आजबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता सुरु हुँदैछ ।

त्यसैगरी ११ः०० बजे कलाकार शिरीष देवकोटाको प्रस्तुती रहने छ । त्यसपछि निरन्तर सांस्कृतिक कार्यक्रम भइरहने छन् । जादुगर बलराम सरकारको जादु समेत भोलि प्रस्तुत गरिने छ । त्यसैगरी स्थानीय कलाकार विक्रम क्षेत्री, टिकाराम ढकाल, जुना डिसी र सरिता गुरुङको प्रस्तुती समेत रहने छ ।

त्यसैगरी नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, नेपाल पुलिस कलाकार काठमाडौं, तमु ह्युला छोंज धि चितवन, नेपाल मगर संघ चितवन, पुन समाज नेपाल चितवन र नेपाल तामाङ धेदुङ चितवनको प्रस्तुती रहने छ । पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ ।

महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । चितवन महोत्सव अन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ । फुड फेस्बिटलमा समेत विविधि सांस्कृतिक कार्यक्रम भइरहेको छ ।

images
प्रकाशित मिति :माघ ५, २०८१ शनिवार - ०७:४०:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology