Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चुमनुब्रीमा रहेको सिद्धगणेश आधारभूत विद्यालयलाई सोलार बत्ती वितरण

चुमनुब्रीमा रहेको सिद्धगणेश आधारभूत विद्यालयलाई सोलार बत्ती वितरण

चुमनुब्रीमा रहेको सिद्धगणेश आधारभूत विद्यालयलाई सोलार बत्ती वितरण
images

गोरखा, माघ ४ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – ६ चुम्लिङस्थित सिद्धगणेश आधारभूत विद्यालयलाई सोलार बत्ती वितरण गरिएको छ ।

images
images

तेन्जिङ एण्ड डोल्मा हेल्प नेपाल, फ्रान्स र चुम कम्युनिटी स्कुल प्रोजेक्टको साझेदारीमा सोलार बत्ती वितरण गरिएको हो । गत महिना असोज महिनामा गएको बाढीपहिरोका कारण चुम्लिङ लगायतका ठाउँ र विद्यालमया विद्युत् अवरुद्ध भएकाले सोलार बत्ती वितरण गरिएको चुम कम्युनिटी स्कुल प्रोजेक्टका दाबा ग्याल्जेन बताउनुभयो ।

उहाँका अनुसार त्यस विद्यालमा विभिन्न सङ्घ संस्थाले दिएको कम्प्युटर बत्ती नभएका कारण चल्न सक्ने अवस्थामा नभएकाले विद्यार्थीहरु कम्प्युटर सिक्नबाट वञ्चित नहोउन् भन्ने मर्म बुझी उक्त विद्यालयमा सोलार वितरण गरिएको उहाँले बताउनुभयो ।

सोलारसँगै विद्यालयमा दिवा खाजाका लागि प्रेसर कुकर, विद्यालय छात्रावासका लागि दुई वटा दराज, पाँच थान टेबल र खेलकुद तथ सरसफाइका सामग्री पनि वितरण गरिएको विद्यालयले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :माघ ४, २०८१ शुक्रवार - २२:३३:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology