Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

चितवन महोत्सवमा भोलि राष्ट्रव्यापी गजल प्रतियोगिता, सिमरन परियारको प्रस्तुतिसँगै बलरामको जादु पनि

चितवन महोत्सवमा भोलि राष्ट्रव्यापी गजल प्रतियोगिता, सिमरन परियारको प्रस्तुतिसँगै बलरामको जादु पनि

images
चितवन महोत्सवमा भोलि राष्ट्रव्यापी गजल प्रतियोगिता, सिमरन परियारको प्रस्तुतिसँगै बलरामको जादु पनि
images

चितवन । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।

महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको नवौं दिन भोलि माघ ४ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।

महोत्सव सांस्कृतिक कार्यक्रम समितिका संयोजक नारायण प्रधानका अनुसार भोलि दिउँसो ११ः३० बजेपछि राष्ट्रव्यापी गजल प्रतियोगिता हुँदैछ । त्यसैगरी ३ः०० बजेपछि सिमरन परियारको प्रस्तुती रहने छ । त्यसैगरी समयसमयमा बलराम सरकारको जादुसहित स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने छ ।

स्थानीय कलाकारहरुको प्रस्तुतिमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, नेपाल पुलिस कलाकार काठाडौं, नेपाल तामाङ धेदुङ्, नेपाल मगर संघ, नेपाल ह्युला छोंज धि, भुजेल सेवा समिति, नेपाल बोटे समाज र स्थानीय गायकको प्रस्तुति रहने छ ।

पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ ।

महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।चितवन महोत्सव अन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ ।

फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ । फुड फेस्बिटलमा समेत विविधि सांस्कृतिक कार्यक्रम भइरहेको छ ।

images
प्रकाशित मिति :माघ ३, २०८१ बिहिवार - २२:१७:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology